ओलीलाई साइजमा राख्न प्रचण्डले लगाए तिकडम, सफल भयो योजना !

काठमाडौँ – सोमबार बेलुका आफ्ना केही सहयोगी लिएर प्रधानमन्त्री प्रचण्ड देउवा निवास धु्म्बाराही पुगे । उनलाई संसद्मा स्पष्ट बहुमत पुग्ने हुँदा पनि किन देउवासँग मत माग्न त्यहाँ पुगे भन्ने प्रश्न राजनीतिक बजारमा उठ्नु स्वभाविक हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

ओलीको कार्यशैलीबारे प्रचण्डले पनि थाहा नपाएका होइनन् । प्रधानमन्त्रीमा प्रचण्डलाई उनले आलोपालो भर्पाइ गराएका छन् । त्यसैगरी प्रचण्डले ओलीलाई सभामुखमा पनि आलोपालो भर्पाइ गराएका छन् । राष्ट्रपति एमालेको भागमा परेको छ । त्यो पाँच वर्षका लागि हुनेछ ।

ओलीले साढे दुई वर्ष धैर्य गर्लान् ? भन्नेमा प्रचण्ड पनि ढुक्क छैनन् । सरकारमा रहेका दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले बीचमा सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रचण्ड सरकार धरापमा पर्छ । त्यसैगरी कुनै विषयमा चित्त नबुझेर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा पनि प्रचण्ड कांग्रेसको भर पर्नुपर्ने हुन्छ । एमाले र माओवादीबीच भएका सहमति बीचमा भंग भएको अवस्थामा ओलीको हात माथि नै पर्ने देखिन्छ । जसरी प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै सरकार खतरामा पर्छ । तर एमालको भागमा परेको राष्ट्रपति र सभामुख भने महाभियोग प्रस्ताव वा राजीनामाबिना हट्न सक्दैन ।

सभामुख संवैधानिक परिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ । ६ सदस्य संवैधानिक परिषद्मा एमालेको तर्फका भएको दुई संख्याले पनि ठूलो अर्थ राख्दछ ।

यो सबै संकट देखेका प्रचण्डले कांग्रेस सभापति देउवालाई चिढाउन चाहेनन् । प्रचण्ड र ओलीबीच खटपट भएको खण्डमा देउवाले यो अन्तरविरोधको भरपुर प्रयोग गर्नेछन् । र प्रचण्डलाई ओलीबाट खोस्नेछन् । संसद्मा ठूलो पार्टी भएर पनि राजकीय पदहरूमा शून्य अवस्थामा पुग्ने कांग्रेसका लागि यो एउटा सानो सञ्जीवनी बुटीसरह हुनेछ । बालुटारबाट थुतेर बाल्कोट पुर्याएका प्रचण्ड यसबेला ओली र देउवाको तानातानमा परेका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका नेकपा माओवादी लगायतका दलहरू बालुवाटार छोडेर बाल्कोटको बार्दलीमा पुग्ने बितिकै यु टर्न भएका थिए । केही समय अघिसम्म कांग्रेस सभापति देउवा ‘हाई हाई’ भएका उनीहरूका लागि पात्र परिवर्तन हँुदै त्यसको ठाउँमा ओली प्रवेश गरे ।

प्रकाशित : बिहिबार, पुष २८, २०७९०८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सभामुखका लागि दौड सुरु, दौडमा को-को ?