भोलि पुष २८ गते बिहिबार: कुन राशिलाई रहला सबैभन्दा सुखद दिन ? हेर्नुहोस् दैनिक राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आङ्कलन गरिन्छ। पौष २८ गते बिहीबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

बिहीबार दिन भगवान विष्णुको नाममा  समर्पित हुन्छ। बिहीबार भगवान विष्णुको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुनेछ। बिहीबार दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

पौष २८ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बिहीबार ।।। नक्षत्र- पूर्वफाल्गुनी , ११:४७ बजे उप्रान्त उत्तरफाल्गुनी ।।। तिथि – पञ्चमी , १३:१० बजे उप्रान्त षष्ठी।।। करण – तैतिल १३:११ बजेदेखि गर , २५:४३ बजे उप्रान्त वव।।। योग –सौभाग्य , १०:३७ बजे उप्रान्त शोभन।।। पौष २८, २०७९, बिहीबार ।।।१२ जनवरी, सन् २०२३ ।।। पञ्चमी, माघ कृष्णपक्ष ।।। पोहेलागा, ११४३ ने.सं. ।।। सूर्योदय– ०६:५८ ।।। सूर्यास्त – १७ :२६ ।।।  शुभ साइत : – रुद्री गर्ने साइत –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। बुवाको सहयोग मिल्नेछ। व्यापारमा कठिनाइ आउन सक्छ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ। प्रगतिको बाटो खुल्नेछ। आत्मविश्वासमा बृद्धि हुनेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आमाबाट धन प्राप्तिको सम्भावना छ। प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्तामा सफलता मिल्नेछ, मन प्रफुल्लित रहनेछ। पारिवारिक समस्याले सताउन सक्छ। जीवन कष्टदायी हुन सक्छ। बुवाको सहयोग मिल्नेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। लाभको अवसर मिल्नेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

काममा फेरबदल हुनसक्छ। जीवन साथीको सहयोग मिल्नेछ। व्यापारिक काममा रुचि बढ्नेछ। मानसिक झमेला जारी रहनेछ। केही साथीभाइसँग वैचारिक मतभेद हुन सक्छ, लाभको अवसर मिल्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

परिवारमा धार्मिक कार्य हुनेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ। प्रगतिको बाटो खुल्नेछ । अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। जागिरको लागि परीक्षा र अन्तर्वार्ता कार्यको लागि सुखद नतिजा प्राप्त हुनेछ। आमाको स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका काम बन्नेछन् । अनावश्यक तनावबाट बच्नुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आम्दानीमा कमी र खर्चको बढिले मन खिन्न हुनेछ। मन विचलित हुन सक्छ। व्यवसायमा परिवर्तनको सम्भावना छ। थप दौडधुप हुनेछ। दाजुभाइ वा दिदीबहिनीबाट धन आर्जन गर्न सकिनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। कार्यस्थलमा जिम्मेवारी बढ्न सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

जीवन साथीको सहयोग मिल्नेछ। बुवाबाट धन प्राप्तिको सम्भावना छ। स्वास्थ्यको ख्याल गर्नुहोला व्यापार-व्यवसायमा वृद्धि हुनेछ। लाभको अवसर मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। धार्मिक यात्राको कार्यक्रम बन्न सक्छ। बोलीमा नम्रता रहनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। साथीभाइको सहयोग मिल्नेछ । शैक्षिक कार्यमा अवरोध आउन सक्छ। अनावश्यक विवाद र झगडाबाट टाढा रहनुहोस्। साथीभाइसँग सद्भाव कायम राख्नुहोस्। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। सुखद समाचार प्राप्त हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

पारिवारिक जिम्मेवारी बढ्न सक्छ। अभिभावकको सहयोग मिल्नेछ। मान सम्मानमा बृद्धि हुनेछ। कपडामा खर्च बढ्नेछ। पढाइमा रुचि बढ्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ । काममा कामको बोझ बढ्न सक्छ। अधिकारीको सहयोग मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। साथीभाइको सहयोग मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शैक्षिक तथा अनुसन्धान कार्यबाट सफलता मिल्नेछ। मनमा नकारात्मकताको प्रभाव पर्न सक्छ। साथीभाइको सहयोगले आम्दानी बढ्न सक्छ। सुविधा विस्तारमा खर्च बढ्न सक्छ। परिवारमा आपसी मनमुटाव आउन सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

जीवनसाथीको स्वास्थ्यमा समस्या आउनेछ। अभिभावकको साथ र सहयोग मिल्नेछ। आलस्य अत्यधिक हुन सक्छ। काममा परिवर्तनको सम्भावना छ। आम्दानी बढ्नेछ। पारिवारिक समस्याले सताउन सक्छ। व्यापारमा कठिनाइ आउन सक्छ। मिहिनेत बढी हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सवारी साधनको आनन्द बढ्नेछ। लेखन तथा बौद्धिक कार्यबाट आम्दानी हुन सक्छ। अव्यवस्थित खर्च बढ्नेछ। व्यापार व्यवसायमा विस्तार हुनसक्छ। दाजुभाइबाट सहयोग मिल्न सक्छ। आत्मविश्वासमा कमी आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मनमा क्रोध र सन्तुष्टिको क्षण रहनेछ। व्यवसाय विस्तारमा दाजुभाइ तथा दिदीबहिनीको सहयोग मिल्नेछ आम्दानीमा कमी र खर्च बढी हुनसक्छ। मान सम्मानमा कमी आउन सक्छ। स्वभावमा रिस उठ्नेछ। कुराकानीमा शान्त रहनुहोस्। पुराना साथीभाइसँग पुनः सम्पर्क हुन सक्छ।

प्रकाशित : बुधबार, पुष २७, २०७९१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज पुष २८ गते बिहिबार: शुभ-अशुभ कस्तो रहला तपाईंको दिन ? पढ्नुहोस् आफ्नो राशिफल !