१२ वर्षपछि देव गुरु बृहस्पति मेष राशिमा प्रवेश गर्दै, यी ३ राशिलाई हुनेछ धन लाभ !

वैदिक ज्योतिष शास्त्रका अनुसार प्रत्येक ग्रहले आफ्नो निश्चित समयावधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने गर्दछ। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। १२ वर्षपछि बृहस्पति ग्रह मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्न लागेको छ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर यहाँ यस्ता ३ राशि छन्, जसका लागि यस समयमा लाभ र प्रगतिको प्रबल सम्भावना रहेको छ। जान्नुहोस् यी राशिको बारेमा…

मेष राशि

मेष राशिमा बृहस्पतिको गोचरले कन्या राशिका मानिसहरूमा शुभ प्रभाव पार्नेछ। नयाँ वर्षमा हरेक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ र व्यक्तिको मान सम्मान बढ्नेछ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरूलाई देवगुरु बृहस्पतिको गोचरबाट विशेष लाभ मिल्नेछ। भाग्यले साथ दिनाले धन आर्जन र आम्दानीमा वृद्धि हुनेछ । यो परिवर्तन रोजगारी पेशा तथा व्यवसायीका लागि पनि निकै लाभदायक साबित हुनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ र जागिर खोज्नेलाई पदोन्नति मिल्नेछ।

कर्कट राशि

मेष राशिमा देवगुरु बृहस्पतिको प्रवेशले कर्कट राशिलाई शुभ फल दिनेछन्। आम्दानीका नयाँ स्रोतहरू सृजना हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । करियरमा प्रगति हुनेछ र सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ।

मीन राशि

बृहस्पति ग्रह मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछ तर जसको प्रभाले मीन राशिका मानिसहरुलाई लाभ दिनेछ । यस समयमा मीन राशिका व्यक्तिहरूलाई आर्थिक लाभ मिल्नेछ। रोजगारी भएका व्यक्तिहरुलाई यो समय राम्रो रहनेछ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७९१६:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि बुधबार यस्ता उपायले प्रसन्न पर्न सकिन्छ भगवान गणेशलाई, हुनेछ हरेक समस्याको समाधान !