४९ वर्षको उमेरमा विवाह गर्दै ऋतिक रोशन ? सबा आजादसँग विवाह हुने चर्चा !

एजेन्सी- बलिउड अभिनेता ऋतिक रोशन आज आफ्नो ४९ औँ जन्मदिन मनाइरहेका छन्। अहिलेको समयमा अभिनेताको व्यावसायिक जीवन राम्रो चलिरहेको छ। त्यस्तै अभिनेता ऋतिकको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने उनी आजको समयमा सबा आजादको प्रेममा परेका छन्। ऋतिकले दीपिका पादुकोणसँगको फिल्म ‘फाइटर’को सुटिङ सुरु गर्ने तयारीमा पनि रहेका छन्।

यसैबिच बलिउडका अभिनेता ऋतिकले यसै वर्ष आफ्नी प्रेमिका सबा आजादसँग पनि विवाह गर्न सक्ने खबर आइरहेको छ। ऋतिक रोशनको परिवार पनि सबालाई लिएर निकै खुसी देखिएका छन्।

ऋतिक रोशन र सबा आजाद प्रायः सँगै भेटिन्छन्। दुवैको जोडीलाई मानिसहरुले पनि मन पराएका छन्। यस्तो अवस्थामा अब ऋतिक र साबा छिट्टै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको खबर आउन थालेको छ। ऋतिककी पूर्व पत्नी सुजैन खान र दुवै छोराहरुको पनि सबासँग राम्रो सम्बन्ध रहेको बताइन्छ।

मिडिया रिपोर्टका अनुसार दुबैका नजिकका आफन्तले उनीहरुको विवाहको जानकारी शेयर गरेका छन्। ऋतिक र साबा दुवैले आफ्नो विवाहको योजना बनाएको तर हतार नगर्ने बताए। यो वर्षको अन्त्यसम्ममा अवस्था राम्रो हुँदै गएमा दुवैले विवाहको योजना बनाउने बताएका छन्।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७९१५:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्क्रिप्ट पढेपछि जीतु नेपालको नाम सुन्दा चकित परेकी थिइन् सम्राज्ञी !