माघ महिनामा पर्ने एकादशीको महत्त्वको बारेमा शास्त्रमा वर्णन गरिएको छ। माघ महिनामा पर्ने एकादशीलाई षटशिला एकादशी भनिन्छ। जुन माघ ४ गते बुधबार परेको छ। यस दिन व्रत बसेर भगवान विष्णुको पूजा गर्ने धार्मिक मान्यता रहेको छ। जसको कारण भगवान विष्णुले सबै मनोकामना पूरा गर्ने धार्मिक मान्यता रहेको छ।
यसका साथ-साथै मानिसको सबै पाप नष्ट भएर दुःख र दरिद्रताबाट मुक्ति मिल्छ। साथै यस दिन ३ वटा शुभ योग बन्न लागेको छ। जसका कारण यो दिनको महत्त्व झनै बढेको छ। जान्नुहोस् तिथि, शुभ समय र पूजा विधि…
हिन्दु पात्रोको मान्यता अनुसार षटशिला एकादशीको शुभ समय माघ ३ गते साझ ०६:०४ मा सुरु हुनेछ र माघ ४ गते ०४:०२ मा समाप्त हुनेछ। यसै गरी माघ ४ गते बिहान ७ बजेपछि व्रत मनाइनेछ।
पञ्चाङ अनुसार यस दिन ३ वटा शुभ योग बनिरहेको छ। जसमा सर्वार्थ सिद्धि योग बिहान ७:१६ बजेबाट सुरु भई साँझ ५:२२ बजेसम्म रहनेछ। अर्कोतर्फ, अमृत सिद्धि योग माघ ३ गते बिहान ०७:१२ बाट सुरु हुनेछ र साँझ ०५:२४ सम्म जारी रहनेछ। यससँगै वृद्धि योग माघ ४ गते बिहान ५:५८ बजे सुरु भई माघ ५ गते बिहान २:४६ बजेसम्म चल्नेछ।
यी शुभ योगहरूलाई ज्योतिषशास्त्रमा निकै शुभ मानिन्छ। यसका साथै यी योगहरूमा पूजा गर्दा दोब्बर फल मिल्ने धार्मिक मान्यता रहेको छ। शास्त्र अनुसार जसले षटशिला एकादशीको व्रत बस्छ, उसको स्वास्थ्य राम्रो हुन्छ। यसका साथसाथै सुख र समृद्धिको बास हुन्छ ।