दुई लघुवित्तक लाभांश घोषणा ! कुनको कति ?

काठमाडौं, महुली लघुवित्त वित्तीय संस्थाले २५% लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई आर्थिक वर्षको २०७८–७९ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले २०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद गरी कुल २५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र महुलीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

डिप्रोक्स लघुवित्तकाे २१.०५२ प्रतिशत लाभांश घोषणा

डिप्रोक्स लघुवित्तले लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२ रुपैयाँ रहेको छ ।

कम्पनीले सोही पुँजीबाट लाभांश प्रस्ताव गरेको हो ।  प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७९१२:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रतिपक्षमा रहने गरी प्रचण्डलाई विश्वास मत दिने कांग्रेस निर्णय, गगन-विश्वप्रकाश असहमत