आज परेको छ संकट चतुर्थी व्रत, जान्नुहोस् पूजा विधि, आरती, चन्द्रोदयको समय !

भगवान गणेशलाई विघ्नहर्ता भनिन्छ । सबै देवताहरूमध्ये सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ। भगवान गणेशको पूजा गर्नाले सबै काम पूरा हुने मान्यता रहेको छ । माघ महिनाको कृष्ण पक्षको चतुर्थीलाई सङ्कट चतुर्थी भनिन्छ । यस दिन भगवान गणेशको पूजा गर्नाले हरेक मनोकामना पूरा हुन्छ र सबै बाधाहरू हट्छ। यसका साथै घरमा सुख-समृद्धि हुने मान्यता रहेको छ ।

संकट चतुर्थीको समय ०८:४१ बजेबाट सुरु हुनेछ। यस समयमा चन्द्रमालाई अर्घ्य दिएर व्रत तोडिनेछ । माघ कृष्ण पक्षको चतुर्थी तिथी माघ २६ गते दिउँसो १२ः०९ बजे प्रारम्भ भई माघ २७ गते दिउँसो २ः३१ बजे समापन हुनेछ। यस व्रतमा कथा पढिन्छ। एउटा कथा भगवान शंकरको र अर्को कथा कुमारको।

व्रतको दिन ब्रह्म मुहूर्तमा स्नान गरी भगवान गणेशको पूजा गर्न एउटा सानो स्थानमा रातो वा पहेँलो कपडा बिछ्याएर त्यसमा गणेशको मूर्ति स्थापना गर्ने । गणेशको ध्यान गर्नुहोस् र गणेशको व्रत लिनुहोस्, त्यसपछि रोल, अक्षता र फूल हातमा लिएर मन्त्र जप गर्नुहोस्। संकष्टी व्रतको मुख्य पूजा साँझमा गरिन्छ ।

राती भगवान् गणेशको विधिवत् पूजा गरेपछि चन्द्रमा देखेपछि चन्द्रमालाई अर्घ्य दिई व्रत वा पूजामा भएको गल्तीको लागि क्षमा याचना गर्नुपर्छ । यस दिन चतुर्थी व्रत कथा वाचन गर्नु धेरै शुभ मानिन्छ। यस दिन चतुर्थी व्रतको कथा वाचन गर्नाले धेरै फलदायी हुने जनाइएको छ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७९१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगलबार गरिएको यी ४ उपायले पल्टिन्छ तपाईंको भाग्य, हुनेछ धन दौलतको आगमन हट्नेछ आर्थिक संकट !