ग्रहको गुरुको राशि परिवर्तनबाट ‘गजलक्ष्मी योग’ बन्दै, यी राशिलाई हुनेछ मनग्य लाभै-लाभ !

ज्योतिष शास्त्रका अनुसार बृहस्पति देव कुनै पनि राशिमा प्रवेश गर्दा त्यस राशिको व्यक्तिको जीवनमा उन्नति हुने गर्दछ। गुरु गोचर सन् २०२३ अप्रिल महिनामा हुन लागेको छ। देवताहरूको गुरु र ज्ञान, कर्म, धनको कारक बृहस्पतिको राशि परिवर्तन महत्त्वपूर्ण छ। यस पटक सन् २०२३ अप्रिल २२ तारिखमा हुनेछ। जुन धेरै राशिका लागि अत्यन्त लाभदायक हुने छ। थाहा पाउनुहोस् कुन-कुन राशिलाई बृहस्पति देवको राशि परिवर्तन शुभ हुनेछ ?

मेष राशि

अप्रिलमा हुने गुरु बृहस्पति देवको राशि परिवर्तनको कारण मेष राशिका व्यक्तिहरूका लागि शुभ मानिन्छ। ज्योतिषीहरुका अनुसार बृहस्पतिको गोचरका कारण मेष राशिका व्यक्तिहरुको कार्यस्थलमा प्रगतिको ढोका खुल्ने छ। पुराना रोकिएका काम पुरा हुनेछन्, बिरामी परेको छ भने स्वास्थ्य लाभ मिल्नेछ। व्यापार-व्यवसायमा लाभ मिल्नेछ, दाम्पत्य जीवनमा रहेको मतभेदको अन्त्य हुनेछ।

मिथुन राशि

बृहस्पति देवको राशि परिवर्तन मिथुन राशिका लागि पनि लाभदायक हुनेछ। गुरुको राशि परिवर्तनको कारण मिथुन राशिका व्यक्तिहरुलाई भाग्यको साथ मिल्ने छ, आम्दानीमा पनि वृद्धि हुनेछ। नोकरीमा पदोन्नति, व्यवसायमा लाभको सम्भावना पनि बन्दै गएको छ, लगानीमा नाफा र जोखिमपूर्ण काममा रुचि बढ्ने सम्भावना पनि छ।

कन्या राशि

गुरुको राशि परिवर्तनले कन्या राशिका व्यक्तिहरूको जीवनमा राम्रो प्रभाव पार्नेछ। यस राशिका व्यक्तिहरूले यस समयमा जुनसुकै काम सुरु गरेमा त्यसमा सफलता मिल्नेछ। धन लाभ, नयाँ क्षेत्रमा सफलता, विवाह रोकिएकाहरुको पनि विवाह हुने सम्भावना रहेको छ।
यस राशिका व्यक्तिहरूको प्रेम जीवन राम्रो रहनेछ

मीन राशि  

गुरुको राशि परिवर्तनको कारण मीन राशिका व्यक्तिको भाग्य चम्किनेछ। यस राशिका व्यक्तिहरुको रोकिएको धन फिर्ता हुन सक्छ, नयाँ कामको खोजीमा हुनुहुन्छ भने त्यसमा सफलता मिल्नेछ, काममा प्रगतिको सम्भावना पनि छ। उच्च शिक्षाका लागि विदेशी जाने सम्भावना बढेको छ। यो समय दाम्पत्य जीवनमा मधुरता र रोगबाट मुक्तिको समय हो।

प्रकाशित : सोमबार, पुष २५, २०७९१६:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिका व्यक्तिहरूले मंगलबार निश्चित गर्नुहोला यस्ता उपाय, शनिको साढेसाती र धैय्याबाट मिल्नेछ मुक्ति !