जन्मकुण्डली भएको यस अशुभ योगले हुन्छ पति पत्नीबिच झगडा, जान्नुहोस् ज्योतिषी उपाय !

श्रीमान्–श्रीमतीबिच झगडा हुनुका धेरै कारण हुन सक्छन्। तर केही यस्ता ज्योतिषीय उपायहरू छन्। जसका कारण पति–पत्नीबिच आपसी समझदारी र मेलमिलापमा समस्या आउँछ। यदि कुनै व्यक्तिको कुण्डलीमा मंगल ग्रह नीच वा अशुभ स्थानमा रहेको छ र यो सातौँ र पाँचौँ घरसँग सम्बन्धित छ भने यस्तो व्यक्तिको आफ्नो जीवन साथीसँग सम्बन्ध खराब हुन् सक्छ।

यसका साथै कुण्डलीको सातौँ घरमा शनि वा राहु ग्रह कमजोर स्थितिमा अवस्थित भएमा जीवनसाथीसँग पनि मनमुटाब हुन्छ। जान्नुहोस् केही अन्य योग र तिनका उपायहरूबारेमा….

विवाह अघि दुलही र दुलहीको गुण मिलाउने गरिन्छ। यदि यो गुण मिलानमा गल्ती भएमा विवाद र झगडा हुनसक्छ। उदाहरणका लागि, गणदोष, भकूट दोष, नाडी दोष, द्वादश दोष, यस्ता दोष भएमा विवाहपछि अशान्तिको सम्भावना रहन्छ। त्यसैले भनिन्छ कुण्डली मिलाएर मात्रै विवाह गर्नुपर्छ।

यदि केटाको कुण्डलीमा मंगल दोष छ र केटी मंगली होइन भने त्यसैले बिहेपछि दुवै जनाबिच झगडा र विवाद हुने गर्छ। त्यसैले मंगली केटाको बिहे मंगली केटीसँग गर्नुपर्छ। किनकि मंगल ग्रहले व्यक्तिलाई निरुत्साहित र जिद्दी बनाउँछ, जसका कारण विवाद बढ्छ।

कुण्डलीमा बृहस्पति वा शुक्र कमजोर भएमा र सातौँ घरसँग सम्बन्ध छ भने पति–पत्नीबिच मनमुटाब हुन्छ। सातौँ घरको स्वामी अर्थात् सातौँ घरको स्वामी कुण्डलीको छैटौँ, आठौँ वा बाह्रौँ घरमा भएमा झगडा हुन्छ।

त्यस्तै नवमांश कुण्डलीमा कुनै ग्रह नीच स्थानमा तथा लग्न स्थानमा वा सप्तम भावमा पनि पति–पत्नीबिच धैरताको कमी हुन्छ । सानातिना कुरामा पनि झगडा र विवाद हुन्छ।

व्यक्तिको कुण्डलीमा राहु र चन्द्रमा ग्रह निम्न स्थानमा अवस्थित भएमा, यसका साथै यदि सातौँ घरमा सम्बन्ध बनिरहेको छ भने व्यक्तिलाई जीवनसाथीमाथि शंका पैदा हुन्छ, जसका कारण एक-अर्काबिच तनाव हुन्छ।

प्रकाशित : सोमबार, पुष २५, २०७९१५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निकै संकालु हुन्छन् यस्ता महिला, श्रीमानलाई बनाउँछन हैरान !