माघे संक्रान्ति अघि नै चम्किन्छ यी राशिका भाग्य, वर्षा हुनेछ लक्ष्मीको कृपा !

मकर संक्रान्ति आउँदो माघ १ गते मनाइँदैछ। मकर संक्रान्ति अघि मंगल ग्रह वृष राशिमा मार्गी र बुध धनु राशिमा उदय हुँदैछ। सबै १२ राशिहरु मंगल ग्रहको मार्गी र बुधको उदयले प्रभावित हुनेछन्। कतिपय राशिलाई शुभ फल मिल्नेछ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्नेछन्। जानौं, मकर संक्रान्ति अघि कुन राशिका मानिसको भाग्योदय हुने पक्का रहेको छ:-

मेष राशि

काममा उत्साह रहनेछ तर बोलीमा भने सन्तुलित हुनुहोस्। धार्मिक कार्यमा झुकाव बढ्नेछ। माताको सहयोग मिल्नेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ। घरमा पुरानो साथीको आगमन हुन सक्छ। बौद्धिक कार्यले धनजनको नेतृत्व गर्नेछ, जागिरमा परिवर्तनको सम्भावना छ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ।

मिथुन राशि

व्यापार विस्तारको योजना साकार हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ तर मिहिनेत बढ्नेछ। परिवारमा शुभ कार्य हुने सम्भावना छ। कपडा उपहार पनि पाउन सकिन्छ। आयात–निर्यात व्यापारमा लाभको अवसर मिल्नेछ। वाहन सुखमा वृद्धि हुनेछ। काममा अधिकारीको सहयोग मिल्नेछ।

कर्कट राशि

आत्मविश्वासले भरिपूर्ण हुनेछ, तर आत्मसंयमित रहनुहोस्। परिवारमा सुख सुविधा विस्तार हुनेछ। कार्यस्थलमा परिवर्तनको सम्भावना छ, परिश्रम अतिरिक्त हुनेछ। माताको साथ र सहयोग मिल्नेछ। नाफा बढ्ने सम्भावना छ। काममा अधिकारीको सहयोग मिल्नेछ।

तुला राशि

आत्मविश्वासले भरिपूर्ण रहनेछ, अध्ययनमा रुचि बढ्नेछ। जागिरमा परिवर्तनको सम्भावना छ, अर्को ठाउँमा सर्नु पर्न सक्छ। दाजुभाइको सहयोगले मिहिनेत बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारका सदस्यहरूसँग सुखमय समय बित्नेछ। दाम्पत्य जीवनमा खुशीको अनुभव हुनेछ।

प्रकाशित : सोमबार, पुष २५, २०७९१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज सोमबार गर्नुहोस् यी लाभदायक उपाय, परिवारको आर्थिक समस्या हुनेछ अन्त्य !