साताको शुभ राशि: यस साता यी ५ राशिमा हुनेछ माता लक्ष्मीको आशीर्वाद!

हरेक दिन हुने ग्रह नक्षत्रको स्थितिमा हुने परिवर्तनको आधारमा राशिफल निर्धारण गरिन्छ। पौष महिनाको यस साता केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ । जानुहोस् यस साता कुन-कुन राशिलाई शुभ हुनेछ ?

साताको राशिफल : – पुस २३ देखि २९ गतेसम्म

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

राम्रो खालको साता छ । आइतबार रुघाखोकीले सताए पनि बाँकी दिन राम्रा खालका छन् । हातले समातेको इलमले निकै आर्थिक लाभ गराउला । पारिवारिक सुख भने त्यति देखिँदैन । देवीको दर्शन गरिरहनुपर्नेछ । जागिरबाट फाइदा नै हुने समय छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

राम्रो वातावरणमा साता सुरु होला। शनिबार भोजभतेर एवं मनोरञ्जन बढी गरिनेछ । मित्रसँग भेटघाट त होला तर उनीहरूबाट विशेष उपलब्धि भने लिन सक्नु हुने छैन । नारायणको दर्शन गरिरहनुहोस् । पढाइ र लेखाइमा राम्रै गति चल्ला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो साता काम गर्ने हौसला बढी रहेको छ । केही असल कामसमेत तपाईंबाट हुनेछन् । पढाइमा भएको बाधा बिस्तारै हटेर जाला । नयाँ मित्र थपिन सक्छन् । विशेषगरी प्राविधिक खाले कामले राम्रो मद्दत देला । आर्थिक स्थिति सप्रिएकै छ । गणेशको दर्शन गर्नुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सातालाई नराम्रो भन्न मिल्दैन । मित्र एवं परिवारको सहयोगले केही गतिला काम सम्पन्न हुनेछन् । आर्थिक स्थिति पहिलेको भन्दा सप्रिएको छ । स्वास्थ्य बाधालाई हटाउन गणेशको आराधना गर्नुपर्नेछ । दाजुभाइबाट खास सहयोग मिल्ने देखिँदैन ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साताको सुरुको दिनमा पेटमा गडबडी भएर लक्ष्यअनुसारको काम गर्न सक्नुहुने छैन । आइतबारदेखि भने पूरा सप्ताह राम्रो छ । काम गर्ने हौसला पनि बढ्ला । सोचेभन्दा बढी नै लाभ हुनेछ । पढाइको क्षेत्रमा समेत प्रगति हुने समय छ । जागिरमा मध्यम छ ।

प्रकाशित : सोमबार, पुष २५, २०७९११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३० वर्षपछि मकर राशिमा सूर्य-शनिको मिलन हुँदै; यी ४ राशिलाई हुनेछ निकै अशुभ, कुन-कुन ?