मिल्यो मुख्यमन्त्रीको भागबन्डा ! कसको भागमा कुन प्रदेश ?

काठमाडौँ – सत्तारूढ राजनीतिक दलहरूको बैठकले प्रदेश सरकारका मुख्यमन्त्रीको भागबन्डा टुंग्याउँदै संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा सबै दललाई विश्वासको मत प्रदान गर्न आह्वान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले बैठकले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई दाहालको पक्षमा विश्वासको मत दिन आह्वान गर्ने निर्णय गरेको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा मंगलबार विश्वासको मत लिने तयारी गरेको भन्दै दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘गठबन्धनले प्रतिनिधिसभा राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई विश्वासको मतका लागि आह्वान गर्ने निर्णय भएको छ।’ संविधानको धारा ७६ (२) अनुसार पुस १० गते एमालेसहितका दलहरूको समर्थनमा दाहाल प्रधानमन्त्रीमा नियुक्ति भएका हुन्।

गठबन्धनको बैठकले प्रदेशका सरकारहरूका विषयमा पनि समझदारी गरेका छन्। प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की आइतबार नियुक्त भइसकेका छन् भने बाँकी ६ प्रदेशको नेतृत्वमा गठबन्धनका दलहरूबीच सहमति भएको छ। बालुवाटारमा आइतबार साँझ भएको समझदारीअन्तर्गत गण्डकी र लुम्बिनी सरकारको नेतृत्व एमालेले गर्ने भएको छ। कर्णाली सरकार नेतृत्व माओवादी केन्द्रले गर्ने दलीय सहमति भएको छ। ती प्रदेशहरूमा मुख्यमन्त्री नलिएका दलहरू (एमाले-माओवादी केन्द्र) ले सभामुख लिने सहमति भएको छ।

त्यस्तै वाग्मती र सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रले आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको बैठकमा सहभागी नेताहरूले जनाएका छन्। वाग्मती प्रदेशमा पहिलो चरणमा सरकारको नेतृत्व एमालेले नै गर्ने समझदारी बनेको बताउँदै निकट स्रोतले भन्यो, ‘सम्भवतः भोलि (सोमबार) एमाले वाग्मती प्रदेश संसदीय दलको नेता मुख्य मन्त्रीमा नियुक्त हुनेछन्।’ त्यहाँ माओवादी केन्द्रले पनि पहिलो चरणमा सरकारको नेतृत्व दाबी गर्दै आएको छ।

सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादी केन्द्रले पाउने अवस्था बने वाग्मतीमा पहिलो सरकारको नेतृत्व माओवादी केन्द्र सालिकराम जम्कट्टेल गर्नेछन्। गण्डकीमा एमालेका खगराज अधिकारी, लुम्बिनीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रबहादुर रावल संसदीय दलका नेता छन्।

प्रकाशित : सोमबार, पुष २५, २०७९०८:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सञ्चित हुँदै भूकम्पीय शक्ति, ठूलो भूकम्प जाने खतरा !