भानुआटुको तटमा ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी – प्यासिफिक टापु राष्ट्र भानुआटुको तटमा आइतवार अबेर राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि डराएका गाउँले सुनामीको डरले अग्लो ठाउँमा भागेका थिए ।

भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको टापु एस्पिरिटु सान्तोको समुद्रमा थियो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

एस्पिरिटु सान्तोको होग हार्बर गाउँका २२ वर्षीय विद्यार्थी केसन पोरेले पृथ्वी हल्लिएपछि केही साथीहरूसँग समुद्र तटमा गंगटा खोजिरहेको बताए । भानुआटुको तटमा केही महिनाअघि पनि शक्तिशाली भूकम्प गएको थियो

प्रकाशित : सोमबार, पुष २५, २०७९०७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्रपतिको ट्राउजरबाट पिसाब चुहिएको भिडियो सार्वजनिक भएपछि…