मकर राशिमा ‘त्रिग्रही योग’ यो बन्दै, यी ३ राशिलाई मिल्नेछ खुब सफलता !

वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रह र नक्षत्रहरूले समय-समयमा राशि परिवर्तन र संयोग भइरहन्छ, यो संयोग केही राशिको लागि शुभ र केही राशिको लागि अशुभ छ। मकर राशिमा शनि, शुक्र र सूर्य देवताको संयोग बन्न लागेको छ। जसका कारण त्रिग्रही योग बन्न लागेको छ। यस योगको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर त्यहाँ ३ राशि छन् जसलाई यस अवधिमा आर्थिक लाभ र करियरमा उन्नतिको प्रबल सम्भावना छ। आउनुहोस् जानौँ यी कुन राशिका हुन्….

कन्या राशि

त्रिग्रही योगको कारण कन्या राशिका व्यक्तिहरुको शुभ दिन सुरु हुन सक्छ। किनकि यो योग यस राशिको पाँचौ घरमा बन्न लागेको छ। जसलाई सन्तान, उच्च शिक्षा र प्रेम विवाहको स्थान मानिन्छ। त्यसैले यो अवधिमा प्रेम विवाहको सम्भावना बढ्ने छ। यसका साथसाथै विद्यार्थीको पढाइप्रति रुचि बढ्ने, पढाइप्रति गम्भीर बन्ने छन्। त्यस्तै प्रतिस्पर्धी विद्यार्थीहरूले कुनै पनि परीक्षामा सफलता पाउन सक्छन्। साथसाथै सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त हुनसक्छ।

तुला राशि

त्रिग्रही योग तुल राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। किनकि यो योग यस राशिको चौथो घरमा बन्न लागेको छ। जसलाई भौतिक सुख र सम्पत्तिको स्थान मानिन्छ। तसर्थ यस समयमा सवारी साधन तथा सम्पत्तिको सुख प्राप्त गर्न सकिनेछ। यसका साथै आमाको सहयोगले धन आर्जन गर्न सकिनेछ। यस अवधिमा नयाँ काम प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। यसका साथै व्यवसायीहरुको आम्दानीमा वृद्धि हुनेछ।

धनु राशि

धनु राशिका व्यक्तिहरुका लागि त्रिग्रही योग आर्थिक रुपमा शुभ साबित हुन सक्छ । किनभने यो योग धनु राशिको दोस्रो स्थानमा बन्नेछ। त्यसैले यस समयमा अचानक धन प्राप्त गर्न सकिन्छ। साथै, आर्थिक मामिलामा स्थिति राम्रो हुनेछ। व्यापारमा नाफा बढ्नेछ। यस समयमा आर्थिक मामिलामा पनि सकारात्मक परिणाम प्राप्त गर्नुहुनेछ। धनु राशिको लागि यो समय उत्कृष्ट साबित हुन सक्छ।

प्रकाशित : आइतबार, पुष २४, २०७९१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१ वर्षपछि उदय हुँदै शनि देव, यी ३ राशिको भाग्य चम्काउँदै शनि देव: कुन-कुन राशि ?