साताको पहिलो दिन नै बढ्यो सुनको मूल्य, सुन ३ सय ५ दिनकै महँगो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। गत साताको कारोबार हुने अन्तिम दिन शुक्रबार धेरै दिन पछि घटेको सुनको मूल्य नेपाली बजारमा आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले बढेको छ। आज छापावाला सुन १ लाख ३ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य १ लाख २ हजार ३ सय रहेको थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस अगाडी तेजाबी सुनको मूल्य शुक्रबार १ लाख १ हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन झन्डै १० महिनाको महँगो

पछिल्लो वृद्धि सँगै सुन यस वर्षकै महँगो भएको छ। आज कायम भएको सुनको मूल्य गत फागुन अन्तिमपछिकै महँगो रहेको महासंघले जनाएको छ। महासंघका अनुसार आज कायम भएको सुनको मूल्य फागुन २५ गते यताकै कम हो।

त्यस दिन छापावाला सुन १ लाख ५ हजार ५ सय र तेजाबी सुन १ लाख ५ हजार रुपैंयाँमा कारोबार भएको थियो। दिनको कुरा गर्ने हो भने आज कायम भएको सुनको मूल्य ३ सय ५ दिनकै उच्च रहेको छ।

चाँदीको मूल्य

नेपाली बजारमा आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा रु १५ ले बढेको महासंघले जनाएको छ। आज चाँदी १ हजार ३ सय ८० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, पुष २४, २०७९१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त