ओलीलाई ठूलै झटका दिने दाउमा देउवा !

काठमाडौं । प्रतिनिधि सभको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको शनिबार संसदीय दलको बैठक बस्यो । बैठकले मंसिर ४ मा निर्वाचन सम्पन्न गराउन आ–आफ्नो जिम्मेवारी वहन गर्ने सबैलाई धन्यवाद दिनु र शोक प्रस्ताव पारित गर्नुबाहेक अन्य कुनै निर्णय गरेको देखिएन । ठूलो पार्टी बने पनि गठबन्धन टिकाउन नसकेर सबैथोक गुमाएको आलोचना खेपीरहेको कांग्रेसको यो बैठकले विश्वासको मत वारे निर्णय गर्ने आम अपेक्षा थियो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

तर, विश्वास मत लिने दिन पुस २६ गते विहानका लागि बैठक कांग्रेसले सत्ता राजनीतिमा शंसयको ठाउँ राखेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना निकटस्थलाई ‘विइल वी कम ब्याक’ भनेको चर्चाले राजनीतिक बजार तात्नु र संसदीय दलको बैठकले यस वारे केही नभन्नुले शंसयलाई बल पु¥याएको छ ।कांग्रेस महामन्त्री गगन थापाले नेपाली कांग्रेस विपक्षमा बस्छ भनेर प्रचार गरे पनि संस्थागत निर्णय भने नभएको हो । देउवाको यही चलखेल थाहा पाएका नेकपा (एमाले) अध्यक्ष ओलीले शनिबारै संसदीय दलको बैठकमा अप्रतक्ष्यरूपमा भारततिर इशारा गर्दै ‘पर्खालमाथिबाट पसेर हस्तक्षेप नगर्न’ चेतावनी दिएका छन् ।

देउवाले सकेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३८ को अंक पुर्याउन नदिने दाउमा लागेको उनकै निकटस्थ बताउँछन् । त्यसका लागि उनले माधव नेपाल, राजेन्द्र लिङदेन, उपेन्द्र यादवसँग एकसरो कुरा गरिसकेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई त देउवाले प्रधानमन्त्रीको अफर नै गरेको राप्रपाका नेताहरूले खुलेरै बताउने गरेका छन् । देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि कुरा गरेको बताइएको छ । गत मंसिर ४ गतेको प्रतिनिधिसभामा रास्वपाले २० र राप्रपाले १४ सिट ल्याएका छन् ।

संविधानको धारा ७६ मा प्रधानमन्त्री नियुक्त हुने चार बाटाहरु छन् । पहिलो बहुमत प्राप्त दलको संसदीय दलको नेता, दोस्रो दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधसभा सदस्य, तेस्रो संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता र चौथो, यसअघिका तीनवटै प्रावधान असफल भए विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्ने सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछिन् ।

मंसिर ४ को चुनावी परिणाम अनुसार कसैलाई बहुमत नल्याएकाले संविधानको धारा ७६(१) प्रयोगमै आएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका हुन् । यसरी नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

उनले यही २६ गते विश्वासको मत लिँदैछन् । कांग्रेस सभापति देउवाले प्रचण्डले विश्वासको मत पुग्न नदिने भन्दै अरु दलका नेतालाई प्रधानमन्त्रीको लोभ देखाइरहेका हुन् । यदि प्रचण्डले पुस २६ मा विश्वासको मत प्राप्त गर्न सकेनन् भने देउवा वा अरु कसैले चाहेको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन । संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाए राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यो व्यवस्था सक्रिय हुँदा न लिङ्देन न लामिछाने । देउवाबाहेक कोही पनि प्रधानमन्त्री बन्न सक्दैनन् । कांग्रेस अहिले संसदमा ८९ सिटसहित पहिलो दल हो । तर त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । कांग्रेसले सरकारमा दाबी नगरे दोस्रो ठूलो दलको हैसियतले नेकपा एमाले स्वभाविक दाबेदार रहनेछ । तर, रास्वपा र राप्रपालाई प्रधानमन्त्री दिने विषय हाँस्यास्पद रहेको स्वीकार गर्छन् संविधानका जानकारहरू ।

प्रकाशित : आइतबार, पुष २४, २०७९०८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन एक हुन चाहन्छन् माधव र उपेन्द्र ? यस्तो रहेछ कारण !