एजेन्सी- बलिउड अभिनेता सलमान खानको मानिसहरुमा क्रेज आज पनि उस्तै छ। सलमानले करिब ३ दशकदेखि फ्यानको मनमा राज गर्दै आएका छन्। सलमान आफ्नो फिल्म, आफ्नो स्टाइल, व्यक्तिगत शैलीलाई लिएर चर्चामा रहन्छन्। अभिनेताको बारेमा विशेष कुरा के हो भने आज पनि सलमानको विवाद र लभ लाइफको निकै चर्चा भइरहेको छ।
सलमानको नाम धेरै अभिनेत्रीहरूसँग जोडिएको थियो, त्यस समयमा सलमानसँग नाम जोडिएका प्रायः सबै अभिनेत्रीले अहिलेको समयमा आफ्नो जीवनसाथी पाएका छन्। तर, यी अभिनेत्रीसँग रहेपछि पनि सबैलाई मनपर्ने अभिनेता सलमान अझै सिंगल नै छन् । सलमान खानको प्रेम सम्बन्धलाई लिएर धेरै कुराहरु चर्चामा आएका छन् । हालै उनकी पूर्व प्रेमिका सोमी अलिले सलमानको बारेमा केही चकित पार्ने खुलासा गरेकी छिन् ।
पाकिस्तानी अभिनेत्री सोमी अली जब १५ वर्षकी थिइन्, उनले सलमानलाई पहिलो पटक एउटा फिल्ममा देखेकी थिइन् त्यस पछि उनी सलमान प्रति मोहित भएकी थिइन्। सोही क्रममा सोमी र सलमान सन् १९९३ मा प्रेममा परेका थिए। पछि केही कुरालाई लिएर दुबैबिच झगडा भयो र उनीहरु छुट्टिए । यसको पछाडि सलमानको महिलाप्रतिको व्यवहार थियो भन्ने अभिनेत्रीको आरोप थियो। यसै क्रममा सलमानले सोमीलाई नराम्ररी कुटे र शारीरिक यातना दिएको भनेर सोमीले लामो समयपछि यो खुलासा गरेकी छिन्।
सोमीले हालै इन्स्टाग्राम मार्फत सलमानसँगको आफ्नो सम्बन्ध र शारीरिक शोषणको बारेमा कुरा गरेकी छिन्। सोमीले विभिन्न तस्बिर सार्वजनिक गरेर सम्पूर्ण विषयमा प्रकाश पार्ने प्रयास गरेकी छिन्। उनले यस विषयमा जम्मा १५ वटा पोस्ट गरेका छन् जसमा उनले आफ्नो र सलमानबीचको विवादको बारेमा भनेकी छिन्।