नयाँ वर्ष सन् २०२३ को पहिलो शनिबार भोलि, यी खास उपायले हुनेछ आर्थिक लाभ !

हिन्दु धर्ममा माघ महिनालाई शुभ र फलदायी मानिन्छ। तिथि अनुसार माघ महिनामा सुरु भएको छ यस भगवान विष्णुसँगै सूर्यदेवको पूजा गर्नु शुभ मानिन्छ। माघ महिनामा गरेको कर्मको फल धेरै जन्मसम्म प्राप्त हुने जनविश्वास रहेको छ। त्यसैले यो महिनामा खाँचोमा परेकालाई दान दिनुपर्छ। पौष पूर्णिमा ०६ जनवरी २०२३ मा छ, त्यसको भोलिपल्ट अर्थात् ७ जनवरी, शनिबारबाट तिथि अनुसार माघ महिना सुरु हुनेछ।

धार्मिक मान्यता अनुसार माघ महिनामा पूजा आराधना गर्नाले देवीदेवता प्रसन्न हुनुका साथै मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ। यो महिनामा तिल दान गर्नु निकै शुभ मानिन्छ। माघ महिनामा केही उपाय गरेमा आर्थिक उन्नति हुने जनविश्वास रहेको छ। विशेष कुरा के छ भने तिथि अनुसार शनिबारबाट माघ महिना सुरु हुँदैछ। शनिबारलाई शनिदेवको लागि समर्पित मानिन्छ।

वर्षको पहिलो शनिबार वा माघ महिनाको पहिलो शनिबार सूर्यदेवको आराधना गर्नाले लाभ हुने धार्मिक मान्यता रहेको छ। यस दिन बिहान नुहाएर सफा चोखो लुगा लगाउनु पर्छ । यसपछि सूर्यको मन्त्र जप गर्दै सूर्यदेवलाई जल अर्पण गर्नुहोस्। यसो गर्नाले शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ।

वर्षको पहिलो शनिबार भगवान विष्णु र सूर्यदेवको साथमा भगवान शिवको पूजा गर्नाले लाभ मिल्नेछ। जलमा गंगाजल मिसाएर भगवान शिवलाई जलाभिषेक गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ।

सन्तान प्राप्तिकोलाई माघ महिनालाई विशेष मानिन्छ। यस महिनामा सन्तान प्राप्ति र सुख समृद्धिको लागि बालगोलको विधिवत पूजा गर्नुपर्छ। यसो गर्दा सन्तान प्राप्त हुने जनविश्वास छ।

माघ महिनाको पहिलो शनिबारको विशेष महत्त्व छ। यस महिनाको पहिलो शनिबार कालो तिल, कालो मासको दाल कालो कपडामा बाँधेर गरिब वा विपन्नलाई दान गर्नुहोस्। यो उपाय गर्नाले व्यक्तिको गरिबी हटेर आर्थिक उन्नति हुने जनविश्वास रहेको छ।

प्रकाशित : शुक्रबार, पुष २२, २०७९१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुध देव उदय हुँदै, यी राशिको भाग्योदय हुने प्रबल सम्भावना !