काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिननै बढेर दोस्रो दिन स्थिर रही त्यसपछि निरन्तर बढेको सुनको मूल्य नेपाली बजारमा आज घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन १ लाख २ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ। छापावाला सुन आइतबार र सोमबार १ लाख १ हजार ७ सय रुपैंयाँ, मंगलबार १ लाख १ हजार ६ सय रुपैंयाँ, बुधबार १ लाख २ हजार ९ सय र बिहिबार १ लाख ३ हजार १ सय रुपैंयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस अगाडी तेजाबी सुनको मूल्य आइतबार र सोमबार १ लाख १ हजार २ सय, मंगलबार १ लाख २ हजार १ सय, बुधबार १ लाख २ हजार ४ सय र बिहिबार १ लाख २ हजार ६ सय रुपैंयाँ थियो।
चाँदीको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा रु २० ले घटेको महासंघले जनाएको छ। आज चाँदी १ हजार ३ सय ६५ रुपैंयाँमा कारोबार भइरहेको छ।