नयाँ राष्ट्रपतिबारे एमालेमै अन्यौल: को-को छन् राष्ट्रपति बन्ने दौडमा ?

काठमाडौं । वर्तमान राष्ट्रपति विद्या भण्डारीको कार्यकाल आगामी फागुन २९ गते समाप्त हुँदै छ। नेपालको संविधान अनुसार सो कार्यकाल समाप्त हुन् एक महिना अघिनै नयाँ राष्ट्रपतिको निर्वाचन कार्यक्रम गरिसक्नुपर्ने छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री पुस्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर अविलम्ब राष्ट्रपतिको निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् । यस सम्बन्धमा निर्वाचन आयोग समेत आन्तरिक तयारीमा जुटेको बताइएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले राष्ट्रपतिको निर्वाचनको आन्तरिक तयारी भइरहेको सौर्य दैनिकलाई बताए ।

प्रदेश सभाको प्रक्रियानै राष्ट्रपतिको निर्वाचन ढिलाइको कारण कतिपय प्रदेश सभामा सदस्यहरुले शपथ लिने काम वाकी भएकोले यो चुनावको तयारीमा केही ढिलाई भएको निर्वाचन आयोगको दावी छ। आयोगका प्रवक्ता पौडेलका अनुसार अहिले शपथ ग्रहण गर्ने काम भइरहेको र त्यसले पूर्णता पाएपछि राष्ट्रपति निर्वाचनका लागि मतदाताको विवरण तयार पर्ने काम हुने छ ।नेपालको संविधानमा राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि संघीय संसद र प्रदेश सभाका सदस्यहरु मतदता रहने छन् । हाल राष्ट्रियसभामा एक स्थान रिक्त रहेकोले त्यसका लागि चाँडै उपनिर्वाचन गर्ने आयोगले तयारी गरेको छ ।

नेकपा(एमाले) ले कसलाई बनाउला राष्ट्रपति ?

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरुबीच सरकार बनाउनु अघि प्रधानमन्त्री, राष्ट्रपति र सभामुखका बिषयमा एक आपसमा बाँडफाँट भएको थियो। सो अनुसार माओवादी केन्द्रले प्रधानमन्त्री, एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको थियो। सो अनुसार राष्ट्रपति एमालेले पाउने छ । तर सरकारलाई समर्थन गरेको राप्रपाले भने अहिले सम्म सरकारमा जाने नजाने केही निर्णय गरेको छैन ।

सरकारले यही पुस २६ गते संसदमा विश्वासको मत लिदै छ। त्यसपछि सत्ताको बाँकी पद बाडफाँट हुने बताइएको छ । यद्यपी सरकारलाई कुन कुन दलले समर्थन गर्ने हुन भन्नेमा अझै अन्यौल छ । राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा एमाले र अध्यक्ष केपी शर्मा ओली आफै अन्योलमा रहेको बताइएको छ ।

ओली मात्र होइन एमालेका नेताहरु समेत राष्ट्रपति को हुन्छ भने बाल्कोटको बार्दली हेरेर बसेका छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओली समेत यस बिषयमा द्धिविधामा रहका छन् । स्रोतका अनुसार ओलीलाई उनको किचेन क्याविनेटले केही सुझाव समेत दिन सकेको छैन। त्यसैले ओलीको किचेन क्याविनेटमा समेत एक मत नभएकोले यसबारे एकमुष्ठ धारणा आउन सकेको छैन ।

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले यस बिषयमा मंगबलबार केही नेताहरुसंग समेत छलफल गरेका छन् । उनले राष्ट्रपतिमा चर्चामा आएका एमाले नेता सुवासचन्द्र नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसंग अलग अलग भेट गरेका छन् । स्रोतका अनुसार राष्ट्रपति बन्न दुबै नेता ईच्छुक रहेको बताइएको छ । गएको प्रतिनिधिसभाको निर्वाचनमा नेँम्बाङ इलाम १ बाट बिजयी भएका हुन् भने पोखरेल काठमाडौ ५ मा पराजित भएका हुन् ।

यी दुबै नेतालाई एमालेमा ओलीपछिको उत्तराधिकारीका रुपमा लिईन्छ । तर नेम्बाङको र पोखरेलको शैली एमाले पंिङत भित्र त्यति लोकप्रिय नभएकोले त्यसका लागि वर्तमान महासचिव शंकर पोखरेल तिर ओलीको नजर पर्न लागेको बताइएको छ । त्यसैले यी दुई मध्ये एकलाई राष्ट्रपति बनाएर थन्क्याउने ओलीको योजना रहेको बताइएको छ ।

पोखरेलले अब आफु धेरै सक्रिय राजनीति गर्न ईच्छुक नभएको भन्दै ओली समक्ष आफुलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको स्रोतले बतायो । यस विषयमा अध्यक्ष ओलीले साथीहरूसँग छलफल गर्ने आश्वासन दिए र पठाएका छन् ।

प्रकाशित : बिहिबार, पुष २१, २०७९१०:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्रपतिमा ह्याट्रिक गर्ने दाउमा विद्या भण्डारी, सुरु गरिन् लविङ !