गरुड पुराणमा लुकेको छ सफलताका यस्ता रहस्य, थाहा पाएपछि हुन थाल्छ धनको वर्षा

हिन्दु धर्ममा गरुड पुराणको विशेष धार्मिक महत्व रहेको छ। यसलाई सनातन धर्मको १८ महापुराण मध्ये एक मानिन्छ। यस पुराणमा भगवान विष्णु र उनको वाहन गरुड बीचको कुराकानीको वर्णन गरिएको छ। यसमा जीवन र मृ-त्यु’सँग जोडिएका धेरै रहस्य खुलाइएको छ। यद्यपि हिन्दु धर्ममा गरुड पुराण कसैको मृ-त्यु हुँदा पढिन्छ, तर यसमा मानव जीवनको बारेमा धेरै कुराहरू भनिएको छ। यदि यी कुराहरू लागू गरियो भने त्यो व्यक्तिलाई सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्दैन।

एकादशी व्रतलाई सनातन धर्ममा अत्यन्तै महत्वपूर्ण मानिएको छ। गरुड पुराणका अनुसार पूर्ण विधिपूर्वक एकादशीको व्रत राख्ने व्यक्तिले पूर्वजन्मका पापबाट मुक्ति हुनुका साथै सफलता प्राप्तिमा सहयोग मिल्छ। हिन्दु धर्ममा तुलसीलाई निकै शुभ विरुवा मानिन्छ। यसमा धेरै प्रकारका औषधीय गुण पनि पाइन्छ। यस्तो अवस्थामा हरेक दिन बिहान उठेर भगवान विष्णुलाई तुलसीको पात अर्पण गर्नुहोस्, त्यसपछि ती पातहरू सेवन गर्नुहोस्। यस कारणले गर्दा मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहन्छ, जुन सफलता प्राप्त गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।

गरुड पुराण अनुसार माता लक्ष्मीलाई सरसफाई धेरै मन पर्छ। यस्तो अवस्थामा मानिसले जीवनमा सरसफाइमा विशेष ध्यान दिनुपर्छ। दिनहुँ नुहाएर सफा लुगा लगाउनुपर्छ। फोहोरको बास हुने घरमा माता लक्ष्मीको बास हुँदैन। गरुड पुराणका अनुसार कुनै पनि नयाँ कामको सुरुवात सकारात्मक सोचका साथ गर्नुपर्छ। नकारात्मक सोचले थालेका काम असफल हुने सम्भावना उच्च हुन्छ। यसका साथै, त्यस्ता साथीहरू वा तपाईंको प्रगतिको ईर्ष्या गर्ने व्यक्तिहरूबाट टाढा रहनु नै राम्रो हुन्छ। खाना खाँदा मानिसले यसको मात्रा सधै सन्तुलित हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। असन्तुलित खानपानले पाचन प्रणाली बिग्रन्छ र यसका कारण धेरै रोगहरु जन्मिन सक्छन्। यस्तो अवस्थामा भोकभन्दा अलि कम खाने गर्नु राम्रो हुन्छ।

प्रकाशित : बुधबार, पुष २०, २०७९१६:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धनी व्यक्तिको खुट्टामा हुन्छन् यी २ चिन्ह, यस्ता मानिस बन्छन् अपार धनको मालिक !