हिन्दु धर्ममा सूर्यास्त पछि केही कार्य गर्न निषेध गरिएको छ। सूर्यास्तपछि कुनै काम गर्नाले मानिसको जीवनमा दुर्भाग्य आउने विश्वास रहेको छ। यससँगै यस्ता कार्य गर्नाले व्यक्तिले आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ। वास्तुशास्त्रमा सूर्यास्तपछि धेरै यस्ता कामको वर्णन गरिएको छ, जसलाई गर्नाले देवी लक्ष्मी क्रोधित हुन्छिन् र भाग्यले साथ दिँदैनन्। जान्नुहोस् सूर्यास्तपछि गर्न नहुने कामहरु –
बेसार दान
वास्तुशास्त्र अनुसार सूर्यास्तपछि बेसार कसैलाई दान गर्नु हुँदैन। बेसारको प्रयोग शुभ तथा मांगलिक कार्यमा गरिन्छ। बेसारको प्रत्यक्ष सम्बन्ध देवगुरु बृहस्पतिसँग रहेको मानिन्छ। बृहस्पति ग्रहलाई धनको कारक मानिन्छ। यस्तो अवस्थामा बेलुकाको समयमा यसो गर्नाले बृहस्पति क्रोधित हुन्छन् र घरमा आर्थिक उन्नति रोकिन्छ।
घरमा लगाउँनु हुँदैन कुचो
हिन्दु धर्ममा कुचोलाई लक्ष्मीको रूप मानिन्छ। त्यसैले पनि बेलुकी घरका कुचो लगाउँनु हुँदैन भन्ने मान्यता छ। यसो गर्नाले माता लक्ष्मी क्रोधित हुने विश्वास रहेको छ। सूर्यास्तपछि घरमा कुचो लगाउँदा माता लक्ष्मीको आगमन रोकिन सक्छ।
गर्नु हुँदैन दान
वास्तुविज्ञहरूका अनुसार साँझ दान गर्नु अशुभ मानिन्छ। विशेषगरी दूध-दही, चिनी र बेसार आदि दान गर्नु हुँदैन। यसो गर्नाले लक्ष्मीको घरमा प्रवेश नहुने जनविश्वास रहेको छ।
स्नान गर्नु हुँदैन
ज्योतिषशास्त्रका अनुसार सूर्यास्तपछि नुहाउनु हुँदैन। यसो गर्नाले लक्ष्मी माता क्रोधित हुने जनविश्वास रहेको छ। यसका साथै साँझ स्नान गरेपछि तिलक लगाउनु पनि वर्जित मानिन्छ।
