सलमान खानलाई भेट्न जसले ११ सय किलोमिटर साइकलमा यात्रा गरे …

मुम्बई, अभिनेता सलमान खानले गत २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाए । यही मौकामा उनको एक झलक पाउन हजारौं फ्यान उनको घर अगाडि आएका थिए । सलमान जोकोही फ्यानलाई भेट्न सक्दैनन, तर फ्यान समीरको मामलामा भने उनी अलग देखिए ।

जबलपुर बस्ने समीर चिसो मौसमका बाबजुद पनि ११ सय किलोमिटर साइकल चलाएर सलमानलाई भेट्न पुगेका थिए । सलमानले पनि फ्यानको भावनाको सम्मान गर्दै उनलाई भेटेर फोटो खिचे ।

समीर बाल्यकालदेखि नै सलमानका ठूलो फ्यान हुन् । २२ डिसेम्बरमा समीर चिसो मौसमका बाबजुद पनि जबलपुरबाट साइकल चलाउँदै २९ डिसेम्बरमा मुम्बई पुगे ।

जब सलमानले आफूलाई भेट्न समीर आएको थाहा पाए, उनी आफैं घर बाहिर आए । सलमानले उनीसँग भलाकुसारी गर्दै स्वास्थ्य अवस्थाको बारेमा सोधे र आफ्नो घरमा खाना पनि खुवाए ।

प्रकाशित : मङ्गलबार, पुष १९, २०७९११:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री तारा र प्रेमी आदरको ब्रेकअप