वामदेव र घनश्याम नेकपा एसमा ?

काठमाडौँ – गएको केहि समय देखि कुनै पनि पार्टीमा नरहेका वामदेव गौतम र घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा जोडिने भएका छन्। नेकपा एसले दुवैलाई पार्टीमा जोड्ने प्रयास गरिरहेको छ।

पार्टीका उपमहासचिव गंगालाल तुलाधरले दुवै नेतालाई नेकपा एसमा जोड्ने प्रयास भइरहेको जानकारी गराए। शनिबारदेखि काठमाडौंको आलोकनगरमा जारी पार्टी स्थायी कमिटी बैठकबारेमा जानकारी दिनेक्रममा तुलाघरले यस्तो जानकारी दिएका हुन्।

दुवै नेताहरुसँग विभिन्न समयमा पटक-पटक कुराकानी भएको उनले बताए। नेता गौतम चार-पाँच पटक नेकपा एसको कार्यालयमै पुगिसकेको गंगालाल तुलाधरको भनाई छ।

उनले भने,”हो, हामी वामदेव गौतम र घनश्याम भुसाललाई पार्टीमा भित्र्याउने प्रयासमा छौँ। उहाँहरुसँग पटक पटक कुरा पनि भएको छ। वामदेवजी त चार-पाँच पटक हाम्रो कार्यालयमा आइसक्नु भएको छ।”

सो क्रममा तुलाधरले नेता गौतम नेकपा एसमा जोडिने उच्च सम्भावना रहेको दावी गरे। कुराकानी निष्कर्षमा पुगिनसकेको भएपनि दुवै नेतासँग संवाद जारी रहेको तुलाधर बताउँछन्।

प्रकाशित : आइतबार, पुष १७, २०७९१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रदेश १मा एमालेको सरकार, मुख्यमन्त्रीमा हिक्मत कार्की निश्चित !