के २०२३ कर्कट राशिका लागि उत्कृष्ट वर्ष होला ? पढ्नुहोस् आफ्नो वार्षिक राशिफल !

वर्षको सुरुमा कर्कट राशि हुनेहरू भाग्यशाली हुनेछन्। कर्कट राशिका लागि सन् २०२३ मा ग्रह र नक्षत्रको स्थिति कस्तो रहनेछ ? यहाँ पढ्नुहोस् कर्कट राशिफल २०२३-

करियर राशिफल

वैदिक ज्योतिष शास्त्र अनुसार कर्कट राशिका लागि २०२३ साल करियर र व्यापारको हिसाबले शुभ रहनेछ। जनवरी १७ पछि शनिले तपाईंको आठौं घरमा प्रवेश गर्नेछ। त्यसैले कार्यस्थलमा वरिष्ठहरूसँग बहस नगर्नुहोस्। काममा केही बाधा आउनेछ तर अप्रिल पछि तपाईंको जीवन सुखद हुनेछ।

आर्थिक राशिफल

२०२३ सालमा आर्थिक क्षेत्रमा लाभ मिल्नेछ। धन लाभको योग रहेको छ। तर, पैसाको मामिलामा भने सजग रहनु पर्ने देखिन्छ। अन्यथा, तपाईंको वित्तीय बजेटमा दखल पर्न सक्छ र तपाईंले ऋण पनि लिनु पर्न सक्छ। जनवरी र जूनको बीचमा सवारी साधन वा घर किन्ने सम्भावना छ।

स्वास्थ्य

सन् २०२३ मा कर्कट राशि भएकाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक छ। वर्षको प्रारम्भमा टाउको दुख्ने, आँखा दुख्ने जस्ता समस्याको सामना गर्नु पर्नेछ। जून, अक्टोबर र डिसेम्बरमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोस्।

प्रेम

कर्कट राशि भएका व्यक्तिहरुको सन् २०२३ मा राम्रो प्रेम जीवन बित्नेछ। पार्टनरसँगको सम्बन्धमा सुधार आउनेछ। तर, जीवनसाथीको भावनालाई बेवास्ता नगर्नुहोस्। अविवाहितका लागि विवाहको प्रस्ताव आउने सम्भावना छ। समग्रमा, २०२३ सालमा तपाईंको दाम्पत्य जीवन सुखमय रहनेछ।

प्रकाशित : आइतबार, पुष १७, २०७९१५:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् सन् २०२३ को भाग्यशाली राशिहरु, हुनेछ माता लक्ष्मीको कृपा दृष्टि