काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
साताको राशिफल : – पुुस १६ देखि २२ गतेसम्म
ज्योतिषाचार्य दामोदरनाथ लोहनी
साताका चाड : – १७ गते सन् २०२३ प्रारम्भ । १८ गते पुत्रदा एकादशी, मन्वादि । १९ गते मुस्याडूली । २० गते प्रदोष व्रत । २२ गते पूर्णिमा व्रत, स्वस्थानी व्रत र माघ स्नान सुरु, (मीला पुन्हि) ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
साताको सुरुमा धेरै मनोविनोद गरिएला। साथीसँग भेटघाट हुने र भोजभतेरको कार्यक्रम चल्ला तर ती मित्रबाट खास सहयोग हुने छैन । सोमबार बेलुकीदेखि केही लाभ हुन थाल्ला र सप्ताहको अन्त्यतिर कुनै महत्वपूर्ण काम बन्न सक्छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
साताका सुरुका तीन दिन त्यति राम्रा छैनन् । खर्च प्रशस्त होला । यसले मनमा चिन्ता पर्न सक्छ । साताको मध्य भागमा आफ्नै खर्चले भोजभतेर गर्नुपर्ने बाध्यता पर्ला । पढाइमा समेत त्यति ठूलो प्रगति देखिन्न । व्यावसायिक कामले राम्रै टेवा दिनेछ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मध्यम खालको साता छ । यात्रा हुने प्रसङ्ग चल्ला र त्यही यात्राका लागि केही खर्चसमेत हुनेछ । परिवारबाट पाइनुपर्ने सन्तोष त्यति देखिँदैन । व्यापार, व्यवसायले आंशिक मद्दत मात्रै दिनेछ । बढ्दो खर्च नियन्त्रण गर्न गणेशको नित्य दर्शन गरिरहनुहोस्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
राम्रै खालको साता छ । असल काम गर्नतिर मनको प्रवृित्त जाला भने गरेका काम बन्ने पनि छन् । मद्दत दिने केही मित्र पनि भेट्टाउनु हुनेछ । परिवारसँगको सम्बन्ध राम्रै रहला । सानातिना विवाद परे पनि आत्तिनुपर्ने स्थिति छैन । पढाइमा प्रगति होला ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
प्रशस्त सप्रिएको साता छ । असल काम गर्नतिर मन गइरहला भने गरेका काम बन्ने पनि छन् । आर्थिक स्थिति त्यति नराम्रो छैन । व्यावसायिक कामले राम्रै लाभ गराउनेछ । पारिवारिक सुख भने हाल त्यति देखिन्न । सानातिना कुरामा समेत मतभेद भइरहला ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
साताका सुरुका तीन दिन राम्रा छैनन् । मानप्रतिष्ठामा ह्रास आउने कुनै घटना हुन सक्छ । शनिबारको बिहानै शिवजीको दर्शन गर्नाले त्यस्तो बाधालाई हटाउन सकिनेछ । सोमबार बेलुकीदेखि भने राम्रा कुरा हुनेछन् । धार्मिक भावनाको उदय हुने समय छ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मध्यम खालको साता छ । केही काम बन्लान् भने केही बाँकी रहनेछन् । प्राविधिक खाले काममा विशेष उपलब्धि हुनेछ । परिवार एवं मित्रले राम्रै सहयोग दिनेछन् । विवाहसम्बन्धी कुरामा समेत उज्यालो पक्ष देखा पर्छ । पढाइमा मध्यम छ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
त्यति राम्रो साता छैन । सुरुमा बेकारका वादविवाद पर्न सक्छन् । सप्ताहान्तमा गरेको काममा बाधा आउला । साताको मध्य भागमा मात्र तपाईंलाई सहयोग पुग्ने काम हुनेछ । आर्थिक स्थिति त्यति राम्रो देखिन्न । बेकारको काममा समेत धनको खति हुनसक्छ । सूर्यको दर्शन गरिरहनुहोस् ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
मनमा डर र शङ्का भए पनि साताको सुरुमा केही काम बन्न सक्छ । वादविवाद पर्दा तपाईंकै विजय हुने समय छ । नोकरीभन्दा व्यापारबाट नै फाइदा उठाउन सक्नुहुनेछ । शिक्षाको क्षेत्रमा अझैँ पनि आउनुपर्ने गति आएको छैन । बगलामुखीको दर्शन गरिरहनुहोस् ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
साताको सुरुको दिन स्वास्थ्य बिग्रन सक्छ । जाडोमा हुने रोगले सताउला । सोमबार बेलुकीदेखि मात्रै सुधार हुने सम्भावना छ । खर्च बढी नै गरिएला । बचत होलाजस्तो छैन । हातले समातेको व्यवसायले पनि त्यति ठूलो लाभ गराउन सक्दैन । प्राविधिक काममा सफलता छ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
साताको सुरुका दिन निकै काम बन्नेछन् । व्यापारसम्बन्धी काममा सोचेको भन्दा बढी लाभ गर्न सक्नुहुनेछ । मङ्गलबार भने ठूलो रकमको लेनदेन नगर्नुहोस् । बुधबार र बिहीबार मात्रै राम्रा छन् । विद्यार्थी वर्गका लागि साता सफलतादायक देखिन्छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
सातालाई राम्रो रूपमा लिन सकिन्छ । सोचेको भन्दा बढी लाभ गर्नुहुनेछ । कोरा व्यापारभन्दा प्राविधिक खाले कामले राम्रो फाइदा दिनेछ । परिवार र मित्रबाट राम्रो सहयोग पाइएला । नोकरीतिर भने बखेडा आउन सक्छ । शनिश्चरको सेवा गरिरहनुहोस्।