घरको कुन दिशामा के राख्ने र कुन दिशामा शुभ हुन्छ? यसको जानकारी वास्तुशास्त्रमा दिइएको छ। अर्कोतर्फ घरको कुन दिशामा कुन देवताको मूर्ति राख्नु अशुभ हुन्छ र कुन दिशामा कुन देवताको मूर्ति राख्नु शुभ हुन्छ भन्ने कुरा पनि वास्तुशास्त्रमा उल्लेख गरिएको छ। आउनुहोस् जानौं घरको कुन दिशामा भगवान गणेशको मूर्ति राख्नु शुभ हुन्छ र यसका के फाइदा हुन्छन्।

ज्योतिषमा भगवान गणेशको महत्व
ज्योतिषशास्त्र अनुसार बुधबारलाई भगवानको दिन मानिन्छ। बुधबार भगवान गणेशको पूजा गर्दा धेरै फाइदा हुने जनविश्वास छ। साथै कुण्डलीमा बुध ग्रहको स्थिति पनि बलियो हुन्छ। घरमा गणेशको मूर्ति राख्दा वास्तु दोष पनि हट्ने जनविश्वास छ।

घरमा गणेशको मूर्ति राख्दा यी कुरामा ध्यान दिनुहोस्
गणेशको मूर्तिको मुख कहिल्यै दक्षिण दिशामा हुनुहुँदैन। वास्तुशास्त्रका अनुसार भगवान गणेशको मूर्ति दक्षिण दिशामा राख्नु अशुभ मानिन्छ। घरको मध्य वा पूर्वमा गणेशको मूर्ति राख्नु शुभ मानिन्छ। वास्तुशास्त्र अनुसार पूर्व दिशामा भगवान गणेशको मूर्ति राख्दा सुख-समृद्धि हुने जनविश्वास रहेको छ। घरमा भगवान गणेशको मूर्ति राख्दा ध्यान दिनुहोस् कि उनको हातमा लड्डू हुनुपर्छ र उनको सुँड बायाँ तर्फ हुनुपर्छ।
