जनवरी २०२३ मा ग्रहहरूको राजकुमार बुधको राशि परिवर्तनको कारणले धेरै राशिका मानिसको लागि शुभ समय सुरु हुन सक्छ। यसका साथै ती मानिसको आर्थिक अवस्था पनि राम्रो हुन सक्छ। बुध ग्रहको राशि परिवर्तनका कारण २०२३ मा भद्र राजयोग बन्ने भएको छ, जुन धेरै राशिका लागि धेरै लाभदायक हुन सक्छ।
ज्योतिषशास्त्रका अनुसार बुध ग्रह ३१ डिसेम्बर २०२२ मा धनु राशिमा प्रवेश गर्नेछ र जनवरी १८, २०२३ मा साँझ ६:३३ बजे मार्गी भई ७ फेब्रुअरी २०२३ मंगलबार मकर राशिमा प्रवेश गर्नेछ। बुधको यो राशि परिवर्तनका कारण २०२३ सालको शुरुमा नै भाद्र राजयोग बन्न लागेको छ। यो योग निकै फलदायी मानिन्छ। यस योगको निर्माणका कारण धेरै राशिका व्यक्तिहरूलाई धन लाभ मिल्न सक्छ। जानौं भद्र राजयोगले कुन राशिका मानिसको आर्थिक समृद्धि बढाउन सक्छ।
मेष राशि

यस राशिका व्यक्तिका लागि भद्र राज योग निकै फलदायी साबित हुन सक्छ। यस राशिका मानिसले भाग्य प्राप्त गर्न सक्छन् र उनीहरूले आफ्नो काममा सफलता प्राप्त गर्न सक्छन्। पढाइ र करियरमा पनि प्रगति हुन सक्छ। अर्कोतर्फ, प्रतियोगी परीक्षाको तयारी गर्नेहरूले सफलता पाउन सक्छन्।
मिथुन राशि

ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका लागि यो योग शुभ साबित हुन सक्छ। यस अवधिमा धेरै मानिसका लागि विवाहको सम्भावना पनि बनिरहेको छ। अर्कोतर्फ, साझेदारीमा व्यापार गर्ने व्यक्तिहरूले पनि व्यापारमा राम्रो नाफा कमाउन सक्छन्।
कन्या राशि

भद्र राज योग बन्ने भएकाले यस राशिका व्यक्तिहरुलाई भाग्यको पूर्ण सहयोग मिल्न सक्छ। कार्यस्थलमा सफलता मिल्नेछ र रोकिएको धन पनि यस अवधिमा पाउन सकिनेछ। आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ। घरमा सुख-शान्ति रहनेछ र घरपरिवारको सहयोग मिल्नेछ।
धनु राशि

लामो समयदेखि रोकिएका कामहरु पुरा हुन सक्नेछन्। व्यापार व्यवसायको सिलसिलामा भएको यात्रा लाभदायी साबित हुनेछ। लगानीबाट लाभ लिन सक्छन्। व्यापार व्यावसायमा पनि राम्रो लाभ हुने सम्भावना छ।
