आज पुष १२ गते मंगलबार यी राशिलाई हुनेछ अचानक धन लाभ, हेर्नुहोस् दैनिक राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। पौष १२ गते मंगलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। मंगलबार पवन पुत्र हनुमानको नाममा समर्पित हुने गर्दछ। मंगलबार भगवान हनुमानको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। मंगलबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

दिन : – मंगलबार ।।  नक्षत्र : – धनिष्ठा , २०:२६ बजे उप्रान्त शतभिषा ।। तिथि : – चतुर्थी ७:०५ बजेदेखि पञ्चमी , २८:५४ बजे उप्रान्त सप्तमी ।। करण : – भद्रा ७:०५ बजेदेखि वव , १७:५८ बजे उप्रान्त गर ।। योग : – वज्र , २३:३६ बजे उप्रान्त सिद्धि ।। २७ डिसेम्बर, २०२२ ।। चतुर्थी, पौष शुक्लपक्ष ।। पौष १२ गते मंगलबार ।। पोहेलाथ्व, ११४३ ने.सं. ।। सूर्योदय(sunrise) : – ६:५४ ।। सूर्यास्त(sunset) : – १७:१५ ।।  होम गर्ने साइत-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

व्यापार व्यावसायमा मनग्य लाभ हुने संकेत छ। पारिवारिक जीवन सुखमय रहनेछ। व्यापारमा परिवर्तनको अवसर मिल्न सक्छ। बालबालिकाले घरायसी काममा सहयोग गर्नेछन् । रोकिएको धन प्राप्त हुन सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

स्वास्थ्यको ख्याल राख्नुहोला। धैर्य गर्ने प्रयास गर्नुहोस्। परिवारसँग यात्राको योजना बन्न सक्छ। व्यापारमा नयाँ कामको थालनी हुनेछ। आर्थिक पक्ष बलियो हुने सम्भावना छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

स्वास्थ्यमा सजग रहनुहोला। जागिर परिवर्तनको अवसर मिल्न सक्छ। व्यापारमा वृद्धि हुनेछ। मिहिनेत बढी हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। तपाईको प्रेम सम्बन्धको बीचमा कोही आउन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

काम र व्यवसायमा प्रगति हुनेछ। शैक्षिक कार्यमा ध्यान दिनुहोला। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। अचानक रोमा:-न्टिक भेटले तपाइँको लागि भ्रम सिर्जना गर्न सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

विद्यार्थीहरुको लागि सफलताको दिन रहेको छ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। जीवन साथी सबै मतभेद बिर्सेर माया लिएर फर्किनेछ। काममा अधिकारीको सहयोग मिल्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सवारी साधनको मर्मतसम्भार र कपडामा खर्च बढ्न सक्छ। मानसिक शान्ति मिल्नेछ। आफ्नो जीवनसाथीको स्नेहमा भिजेर शाही महसुस गर्न सक्नुहुन्छ। शैक्षिक तथा बौद्धिक कार्यको सुखद परिणाम मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

स्वास्थ्यमा थोरै तनाव हुनसक्छ। पैतृक सम्पत्तिमा विवादको स्थिति आउन सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। खर्चमा नियन्त्रण गर्नुहोस्। नजिकको आफन्तको सहयोगले आफ्नो व्यापारमा राम्रो गर्न सक्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

काममा कुनै नयाँ जिम्मेवारीबाट लाभ मिल्नेछ। मिहिनेत बढी हुनेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। व्यापार योजना स्थगित गर्नु उचित हुनेछैन।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

व्यापारिक कार्यमा व्यस्तता बढ्नेछ। परिवारमा महिलाबाट धन प्राप्ति हुन सक्छ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। सवारी चलाउँदा सावधानी अपनाउनुहोस। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

राजनीतिज्ञहरूका लागि आज सफलताको दिन छ। व्यापारमा वृद्धि हुनेछ। व्यर्थको दौडधुप बढ्नेछ । काममा कुनै पनि निर्णय सावधानीपूर्वक लिनुहोस्। दाम्पत्य जीवनमा गोपनियताको ख्याल गर्नु आवश्यक छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आम्दानीमा वृद्धि हुनेछ । वैदेशिक यात्रामा जाने सम्भावना छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। काममा रोकिएको धन प्राप्त हुन सक्छ। आफ्नो जीवनसाथीबाट मायाको महसुस गर्न सक्नुहुन्छ। आफ्नो बोली नियन्त्रण गर्नुहोस्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

व्यापार व्यावसायमा मनग्य लाभ हुनसक्छ। सानातिना कुरालाई लिएर पनि प्रियजनसँग मनमुटाव हुन सक्छ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। कुनै अज्ञात डरले पनि सताउन सक्छ।

प्रकाशित : सोमबार, पुष ११, २०७९१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी दुई शत्रु ग्रहको एकै राशिमा संयोग हुँदै, यी राशिलाई धन वर्षाको योग !