काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ?
ज्योतिषाचार्य दामोदरनाथ लोहनी
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
राम्रो खालको साता छ । असल काम गर्नतिर मनको प्रवृत्ति जाला भने गरेका काम पनि सफल हुनेछन् । आर्थिक स्थिति पहिलेको तुलनामा निकै सप्रिएला । व्यापारसम्बन्धी कामले धेरै लाभ दिनेछ । जागिरकै क्षेत्रमा पनि हाल स्थिति राम्रो छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
साताको सोमबारसम्म राम्रो छ । मङ्गलबार र बुधबार भने स्वास्थ्य बाधा भएर मनमा चिन्ता पर्ला । त्यसपछिका दिनलाई नराम्रो भन्न सकिँदैन । गरेका काममा सफलता नै मिल्ला । पारिवारिक सुख भने हाल कम मात्र छ । हातले समातेको व्यवसायले लाभ भइरहला।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
अलिअलि विघ्नबाधा परे पनि यस सातालाई नराम्रो भन्न सकिँदैन । सङ्घर्ष बढी गर्नुपर्नेछ । सानोतिनो स्वास्थ्य बाधा भए पनि आत्तिनुपर्ने स्थिति छैन । व्यापार, व्यवसायले राम्रै साथ दिनेछ । पढाइमा भने हुनु पर्ने पनि हुनुपर्ने गति आएको छैन । बगलामुखीको सेवा गरिरहनुहोस् ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
साताको शनिबार बढी खर्च भएर मन आत्तिएला । आइतबारदेखि भने सुधार हुँदै जानेछ तर खर्च घट्ने लक्षण भने देखिँदैन । आफ्ना लागि भन्दा पनि परिवारकै लागि बढी खर्च गर्नुपर्नेछ । जागिरको मात्रै आर्जनले पुग्ने छैन । शनिको सेवा गरिरहनुहोस् ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यो साता मान–प्रतिष्ठामा खास बढोत्तरी नभए पनि व्यापार, व्यवसायको कामले आर्थिक स्थिति राम्रो रहनेछ । केही नयाँ मित्र थपिनेछन् । यात्राको सम्भावनासमेत देखिन्छ । वैवाहिक कुरामा प्रगति होला । नयाँ काममा लगानी गरेमा हानि देखिन्न।