एजेन्सी- मलाइका आरोडा अहिलेको समयमा आफ्नो शो ‘मुभि:ङ इन विथ मलाइका’ का कारण चर्चामा छिन्। यस शोमा उनले आफ्नो जीवनसँग जोडिएको धेरै रहस्य खुलासा गरेकी छिन्। हालै मलाइकाले आफ्नो र अर्जुन कपुरको सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छिन्। भर्खरै प्रसारण भएको नयाँ एपिसोडमा मलाइकाका छोरा अरहान शोमा उनीसँग चिट च्याट गरिरहेको देखिएका छन्।
यस क्रममा दुवैले धेरै रमाइलो र ठट्टा गरे तर मलाइकाका छोराले आमाको ड्रेसको मजाक उडाए। ‘मुभि:ङ इन विथ मलाइका’ शोमा मलाइका आरोडा आफ्नो जीवनको बारेमा कुरा गर्दै छिन्। हालै शोको नयाँ भागमा मलाइका छोरा अरहानसँगै थिए।
आमा छोरा दुवैको कुराकानीले फ्यानलाई निकै मनोरञ्जन दियो। यस क्रममा अरहानले आफ्नी आमाको मजाक गरेको देखियो, जसले दुईबिचको सुन्दर सम्बन्धलाई देखाउँछ। मलाइका यस शोमा सुन्दर सेतो टप लगाएर आएकी थिइन्।
लाइकाको पहिरन हेर्दा निकै आधुनिक थियो। तर उनको छोरालाई सायद यो धेरै मन परेन। अरहानले आमाको ड्रेसलाई टेबल रहेको न्यापकिनसँग तुलना गरेका छन्।
अरहानले भने, ‘तिमी अहिले जेल कैदीजस्तै देखिन्छौ। मलाइकाले पनि छोराको यो कुरामा कुनै प्रतिक्रिया दिन सकिनन् हाँस्दै बसिन्। अरहान आफ्नी काकी अमृता अरोरासँग धेरै नजिक छन् । अरहानले अमृतालाई दोस्रो आमा भनेका थिए।
अरहान खान मलाइका र अरबाज खानका छोरा हुन्। सम्बन्धविच्छेद भए पनि अरबाज र मलाइकाको सम्बन्ध अझै राम्रो छ। योसँगै अरहानको अर्जुन कपूरसँग पनि राम्रो सम्बन्ध छ । करियरको कुरा गर्ने हो भने अरहान हाल अमेरिकामा फिल्म निर्माण सम्बन्धमा अध्ययन गरिरहेका छन् र छिट्टै बलिउडमा डेब्यु गर्न अनुमान गर्न सकिन्छ।