गगन थापालाई झड्का, ९ सांसदले दिए धोका !

काठमाडौं,  नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए ।

पार्टीका महामन्त्री समेत रहेका थापाले आफ्नै समूहका सांसदहरुको समेत मत पाउन सकेनन्। १४ औं महाधिवेशनमा शेखर कोइराला पक्षमा खुलेका ३२ नेताहरु सांसदको रुपमा निर्वाचित भएका छन्। तर थापाले ३२ जना सांसदको मत भने प्राप्त गर्न सकेनन्।

त्यस्तै देउवा खेमाका विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि थापाको समर्थनमा देखिएका थिए। यस आधारमा थापाले कुल ३४ मत प्राप्त गर्न पर्ने थियो। तर थापा समूहका नेताहरुले अपेक्षा गरे भन्दा ९ मत कम प्राप्त भयो।

प्रकाशित : बुधबार, पुष ०६, २०७९११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बोलिका पक्का निस्किए लिङ्देन: एक्लै फर्किन्‍नँ भनेका लिङ्देन १४ सांसदसहित संसद छिर्दै !