यस्ताे छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको मूल्य खरिददर १३२ रुपैयाँ १२  पैसा र बिक्रीमा ११३२ रुपैयाँ ७२ पैसा तोकेको छ । मंगलबार अमेरिकी एक डलरको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा रहेको थियो ।

मंगलबारको तुलनामा बुधबार डलरको मूल्य ८ पैसाले बढेको छ ।यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८रुपैयाँ ३० पैसा विक्रीदर ८८ रुपैयाँ ७० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ४ पैसा रहेको छ ।

चाइनिज युआन १८ रुपैयाँ ९७ पैसा खरिददर रहेको छ भने विक्रीदर १९ रुपैयाँ  ६ पैसा रहेको छ ।यस्तैगरी साउदी रियाल  एकको ३५ रुपैयाँ १२ पैसा खरिददर रहेको छ भने, विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

प्रकाशित : बुधबार, पुष ०६, २०७९११:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएन, सुन ८ महिनाकै महँगो !