जीवनमा सुख-समृद्धिको लागि घरको यस दिशामा लगाउनुहोस् कुबेरको प्रिय बिरुवा, बन्नेछ धन लाभ योग

वास्तुशास्त्रमा यस्ता धेरै बोट-बिरुवाहरूको बारेमा बताएको छ, जसलाई घरको छेउमा रोप्दा मानिसको आर्थिक अवस्था सुधार हुन्छ । मनी प्लान्ट, तुलसीको बिरुवा, शमी बिरुवा यस्ता केही बिरुवा हुन्, जसलाई घरमा लगाएर राम्रोसँग हेरचाह गरे घरमा सुख-समृद्धि हुन्छ र लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ। तर आज हामी धनको देवता कुबेर देवको मन पर्ने बिरुवाको बारेमा जान्नेछौँ।

मनी प्लान्टभन्दा क्रसुला बिरुवा चमत्कारी हुने वास्तु विज्ञहरु बताउँछन् । यसले तपाईको आर्थिक अवस्था सुधार्छ। यस बिरुवाको विशेषता यो हो की यसलाई रोप्नको लागि तपाईलाई कुनै विशेष ठाउँको आवश्यकता पर्दैन। आउनुहोस्, क्रसुला बिरुवासँग सम्बन्धित केही विशेष कुराहरू जान्नुहोस्।

यदि तपाई आफ्नो काममा पदोन्नति चाहनुहुन्छ भने, क्रसुलाको बिरुवा घरको दक्षिण-पश्चिम दिशामा रोप्नुहोस्। यसबाहेक यो बिरुवालाई कार्यालयको कार्य स्थलमा  पनि राख्न सकिन्छ । यसले व्यक्तिको पदोन्नतिको सम्भावनालाई बलियो बनाउँछ।

यदि तपाई आर्थिक समस्यामा हुनुहुन्छ वा घरमा धनको कमी छ भने यसलाई घरको उत्तर दिशामा लगाउँदा विशेष फाइदा हुन्छ । यस विरुवालाई रोप्दा अँध्यारोमा राख्नु हुँदैन कुरामा विशेष ध्यान दिनुपर्छ । साथै, यसको पातहरू सधैँ सफा राख्नुहोस्।

यो बिरुवालाई नगद काउन्टर भन्दा माथि राख्दा शुभ फल मिल्छ भन्ने कुरा व्यवसायीहरूले ध्यानमा राख्नु पर्दछ । कुबेर भगवानको आशीर्वाद साथमा रहनेछ र व्यक्तिले व्यापारमा धेरै लाभ प्राप्त गर्नेछ।

घरमा सुख-समृद्धि कायम राख्नको लागि घरको बल्कोनीमा पनि यो बिरुवा लगाउनु उपयुक्त हुन्छ । यो बिरुवामा जति धेरै घाम लाग्छ, त्यति नै यो बिरुवा खुसी हुने बताइन्छ । अनि घरमा सुख-समृद्धि वास हुनेछ।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७९१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्रको राशि परिवर्तनले मीन राशिमा ‘मालव्य राजयोग’ बन्दै, यी राशिलाई मिल्नेछ भाग्यको साथ!