सर्वाधिक मत ल्याएर विजयी केपी ओली सम्मानित !

काठमाडौं,  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो ।

झापा– ५ बाट ५२ हजार ३१९ मतसहित ओली निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।   प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित हुन् ।  साेही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सा‌सदहरुलाई सामूहिक रुपमा अभिनन्दन गरिएकाे छ ।

लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको पार्टी होइन एमाले : केपी ओली

 नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वाेपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् ।  प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वाेपरी ठानेर अघि बढेको एमाले अब पनि सडक, सदन र सरकारमा जहाँ रहे पनि सोहीअनुसार अघि बढ्ने बताए ।

सामाजिक न्याय र लोकतन्त्रका लागि लडेको एमाले सधैं देश र जनताको पक्षमा रहने बताउँदै उनले एमाले लोकतन्त्र आएपछि भाग खोज्नलाई राजनीतिमा नआएको भन्दै नयाँ उदायका पार्टीप्रति व्यंग्य गरे ।

राजनीतिक क्षेत्रमा अस्थिरता र अराजकता मौलाएको भन्दै ओलीले भने, ‘अहिले राजनीतिमा इतिहास चाहिँदैन, अनुभव चाहिँदैन, अनुशासन, निष्ठा र वलिदान पनि चाहिँदैन भनिँदै छ । एमाले यसमा चिन्तित् छ ।’

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७९१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल !