पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौं, वबहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना  छ ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ ।

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७९०६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द ! कति बजे देखि कति बजे सम्म ?