एजेन्सी- भारतको बलिउड क्षेत्रको दिग्गज अभिनेता अनिल कपूरकी छोरी तथा अभिनेत्री सोनम कपुर केही समययता केही प्रोजे:-क्टमा देखिँदै आएकी छन् । तर, यसका बाहेक पनि उनी चर्चामा हुने गर्दछिन्। यसको कारण हो उनको व्यक्तिगत जीवनको फोटोसुट हो। यी नायिकाले आफ्नो स्टाइलले रुपले मानिसलाई मोहित बनाएकी छिन्।
अभिनेत्रीका फ्यानहरु पनि उनको एक झलक पाउन आतुर छन्। यस्तो अवस्थामा उनको हरेक तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन्छ।
आफ्नो इन्स्टाग्राम खाता मार्फत अभिनेत्री आफ्ना फ्यानहरूसँग जोडिने कुनै मौका छोड्दिनन् उनको इन्स्टाग्राम खातामा नयाँ-नयाँ लुक्सको तस्बिर प्राय: देख्न सकिन्छ।
सोनमको वर्कफ्रन्टको कुरा गर्दा उनी यतिबेला शोम मुखर्जीको निर्देशनमा आउन लागेको फिल्म ‘ब्लाइन्ड’को कारण चर्चामा छिन् । यस फिल्ममा अभिनेत्रीसँगै पूरब कोहली र विनायक पाठक जस्ता कलाकारको पनि महत्त्वपूर्ण भूमिका रहनेछ । यो क्राइम थ्रिलर फिल्म हो । सोनमका फ्यानहरु उनको फिल्मको प्रतिक्षामा छन् ।