काठमाडौँ : – वैदिक ज्योतिष अनुसार कन्या राशिमा बुध ग्रहको आधिपत्य हुन्छ। बुध ग्रहलाई ग्रहहरूको राजकुमार भनिन्छ। त्यस्तै बुध ग्रहलाई बुद्धि र व्यापारको दाता मानिन्छ। कन्या राशिको कुण्डलीको दोस्रो भावमा केतु ग्रह अवस्थित छ र चतुर्थ भावमा सूर्य-बुधको योगबाट बुधादित्य राजयोग बन्नेछ। पञ्चम भावमा शनि र शुक्रको संयोग छ।
साथै सप्तम भावमा गुरु ग्रह बृहस्पति र अष्टम भावमा चन्द्रमा र राहु ग्रह अवस्थित छ। त्यस्तै मङ्गल ग्रह नवम भावमा रहनेछ। साथै १७ जनवरीमा शनि ग्रह तपाईको चतुर्थ भावमा गोचर गर्नेछ। गुरु ग्रह बृहस्पति अप्रिल २०२३ मा अष्टम भावमा गोचर गर्नेछ। जसकारण गुरुले राहुसँग मिलेर चञ्डाल योग बनाउनेछ। कन्या राशिका व्यक्तिहरुको करियर, कारोबार र पारिवारिक जीवनको लागि २०२३ कस्तो रहनेछ त….
कन्या राशिको काम – कारोबार : –
वर्षको शुरुवाती महिना तपाईको लागि राम्रो साबित हुन् सक्छ। अर्थात् अप्रिलसम्म तपाईको काम – कारोबार राम्रै चल्नेछ। नयाँ कामको थालनी गर्न सकिनेछ। जागिर पनि परिवर्तन गर्न सकिन्छ। किनकी मे देखि डिसेम्बरसम्मको समय मिश्रित हुन् सक्छ। यो अवधिमा जागिर परिवर्तन गर्दा सोच- विचार गर्नुहोस्। साथै जून, जुलाई, नोभेम्बर र डिसेम्बरको महिना शुभ साबित हुन् सक्छ।
कन्या राशिको काम – कारोबार : –
वैदिक ज्योतिष अनुसार यो वर्ष तपाईको आर्थिक अवस्था बलियो रहनेछ। तर मे पछि खर्च बढ्न सक्छ। घरको बुढापाकाको स्वास्थ्यमा धन खर्च हुनसक्छ। आफ्नो स्वास्थ्यमा पनि धेरै खर्च हुन् सक्छ। विलासी वस्तुहरुमा पनि धेरै खर्च हुनेछ। तर शनिदेवको प्रभावले धन आगमन जारी रहनेछ।
कन्या राशिको स्वास्थ्य : –
कन्या राशिको कुण्डलीको अष्टम भावमा राहु ग्रह विराजमान छन् र वर्षको प्रारम्भमा ग्रहण दोष रहेको छ। यससँगै २२ अप्रिलमा गुरु ग्रह गोचर भई राहुसँग चञ्डाल योग निर्माण गर्नेछ। त्यसैले तपाईको स्वास्थ्य खराब हुन् सक्छ र माइग्रेन, ज्वरो, पेटसम्बन्धी समस्या आउन सक्छ। अप्रिलदेखि अक्टोबरसम्मको समयावधिमा तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। खानपानमा ध्यान दिनुहोला।
कन्या राशिको करियर र शिक्षा : –
सन् २०२३ विद्यार्थीहरुका लागि राम्रो रहन सक्छ। तपाईको कुण्डलीमा गुरु र शनिको स्थिति शुभ हुनेछ। जनवरीदेखि अप्रिलसम्मको समय निकै राम्रो छ। यस अवधिमा तपाई विदेशमा गई अध्ययन गर्न सक्नुहुन्छ। समयमा भाग्यले पनि साथ दिनेछ।