काठमाडौँ : – नयाँ वर्ष सन् २०२३ सुरु हुन् अब केवल १२ दिनभन्दा कम समय बाँकी छ। यस्तो अवस्थामा हरेक व्यक्तिको मनमा प्रश्न उब्जिएको छ कि उनीहरुको आउँदो दिनहरु कस्तो रहला। ज्योतिषको दृष्टिकोणले हेर्दा सन् २०२३ मा धेरै ठूला र साना ग्रहहरुको गोचर हुने भएका छन्। जसमा १७ जनवरीमा शनिले राशि परिवर्तन गर्दैछ। त्यस्तै अप्रिल महिनामा गुरुदेव बृहस्पति मेष राशिमा प्रवेश गर्नेछ। त्यसैले सन् २०२३ लाई निकै महत्वपूर्ण मानिएको छ। तुला, वृश्चिक र धनु राशिका लागि सन् २०२३ कस्तो रहनेछ थाहा पाउनुहोस्…
तुला राशि राशिफल (Tula Rashifal 2023)
तुला राशि हुनेहरुका लागि सन् २०२३ व्यापार र करियरको हिसाबले राम्रो साबित हुन सक्छ। तर यो वर्ष तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। किनकी शनि तपाईको पञ्चम भावमा गोचर गर्नेछ। जसका कारण तपाईले नयाँ कामको लागि राम्रो प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। साथै प्रेम सम्बन्धमा सफलता मिल्नेछ। योसँगै यो वर्ष प्रेम विवाह पनि हुन् सक्छ। त्यस्तै छात्राहरुका लागि शनिको गोचर शुभ साबित हुन् सक्छ। विदेशमा अध्ययनको लागि जान चाहनेका लागि यो समयावधि शुभ छ। गुरुदेव बृहस्पति ग्रह तपाईको छैठौँ भावमा गोचर गर्नेछ, जसकारण तपाईलाई कुनै रोग लाग्न सक्छ। त्यसैले स्वास्थ्यको मामिलामा कुनै लापरवाही नगर्नुहोस्। साथै अड्डा-अदालतको मामिलामा सफलता मिल्न सक्छ।
वृश्चिक राशि राशिफल (Scorpio Rashifal 2023)
वृश्चिक राशिका लागि सन् २०२३ अनुकूल साबित हुन् सक्छ। यो वर्ष सवारी साधन तथा सम्पत्ति किन्न मन लाग्न सक्छ। शनिदेव तपाईको राशिबाट चतुर्थ भावमा गोचर गर्नेछ। साथै यो वर्ष तपाईले सबै भौतिक सुख प्राप्त गर्न सक्नुहुनेछ। आमाको माध्यमबाट तपाईले प्रशस्त धन प्राप्त गर्नुहुनेछ। साथै शनिदेवको प्रभावले तपाईले नयाँ जागिरको प्रस्ताव पाउन सक्नुहुन्छ। गुरु ग्रह बृहस्पति तपाईको राशिबाट छैठौँ स्थानमा भ्रमण गर्नेछ। त्यसैले यस समयावधिमा तपाईले पुरानो कुनै रोगबाट मुक्ति पाउनुहुनेछ। यसका साथसाथै सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त गर्न सक्नुहुन्छ।
धनु राशि राशिफल (Dhanu Rashifal 2023)
सन् २०२३ तपाईको लागि सुखद् र लाभदायक सिद्ध हुन् सक्छ। १७ जनवरीमा शनिदेवले गोचर गरेसँगै शनिको साढेसातीबाट मुक्ति मिल्नेछ। जसकारण तपाईको प्रगतिका नयाँ मार्ग खुल्नेछन्। साथै यो वर्ष तपाईले सम्पत्ति खरिद-बिक्रीको मनसाय बनाउन सक्नुहुन्छ। शनि तपाईको राशिबाट तेस्रो भावमा गोचर गर्नेछ, जसकारण तपाईको साहस र पराक्रममा वृद्धि हुनेछ। साथै कार्यस्थलमा तपाईको प्रभुत्व बढ्नेछ। दाजुभाई तथा दिदीबहिनीको भरपूर साथ-सहयोग प्राप्त हुनेछ। गुरु ग्रह बृहस्पति तपाईको कुण्डलीको पञ्चम भावमा भ्रमण गर्नेछ। त्यसैले यो वर्ष तपाईको प्रेम-सम्बन्ध मजबूत हुनेछ र यहीँ वर्ष विवाह हुन् सक्छ। विवाहितहरूले सन्तानको सुख प्राप्त गर्न सक्छन्।