कुम्भ राशिका लागि कस्तो रहला नववर्ष २०२३ ? जान्नुहोस् कहिलेबाट सुरु होला सुखद् दिन

काठमाडौँ : नयाँ वर्ष सन् २०२३ को लागि सबैजना व्यग्रतासँग प्रतीक्षामा छन्। आगामी वर्षले आफ्नो जीवनमा नयाँ उमङ्ग र सुख-समृद्धि ल्याओस् भन्ने सबैको चाहना हुन्छ। कतिपय व्यक्तिहरू राशिफलका आधारमा पनि आफ्नो भविष्य जान्न इच्छुक हुन्छन्। २०२३ साल कुम्भ राशिका लागि निकै महत्वपूर्ण हुने ज्योतिषीहरुले बताएका छन्। धन, करियर, कारोबार र स्वास्थ्यको क्षेत्रमा मिश्रित परिणाम प्राप्त हुनेछ। नयाँ वर्ष तपाईको राशिको लागि कस्तो रहला त ?

आर्थिक

सन् २०२३ आर्थिक हिसाबले थोरै उतारचढावपूर्ण रहनेछ। जनवरीमा सूर्यको १२ औँ भावमा गोचरले खर्चमा वृद्धि हुनेछ। यद्यपि दोस्रो भावमा बृहस्पति रहँदा आयका श्रोतहरु बढ्नुका साथै धन आगमन हुनेछ। तपाईको राशिमा शनिको गोचरले तपाईको बैङ्क ब्यालेन्स बढ्नेछ। लगानीका लागि वर्ष अनुकूल रहनेछ।

करियर

कुम्भ राशिका लागि २०२३ साल समग्रमा राम्रो रहनेछ। तपाई आफ्नो कामप्रति प्रतिबद्ध रहनुहुनेछ। मार्च र अप्रिलबीच जागिर परिवर्तनको मनसाय बन्न सक्छ। मे र अगस्टको बीचमा कार्यक्षेत्रमा केही चुनौतीहरुको सामना गर्नुपर्नेछ। सेप्टेम्बरबाट तपाईको शुभ दिनहरू सुरु हुनेछन् र त्यसपछि वर्षको अन्त्यमा तपाईले धेरै प्रगति गर्नुहुनेछ।

शिक्षा

सन् २०२३ पढाई-लेखाईको हिसाबले निकै शुभ रहनेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिहरूले राम्रो नतिजा पाउनेछन्। शिक्षाको दृष्टिले वर्षको पहिलो चौमासिक तपाईको लागि धेरै राम्रो रहनेछ। मे, जुलाई र नोभेम्बर महिनामा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि धेरै भाग्यशाली हुन सक्छन्। यस अवधिमा सरकारी जागिरको लागि तयारी गरिरहेका विद्यार्थीहरूले खुसीको खबर पाउन सक्छन्।

सम्बन्ध

सम्बन्धका हिसाबले २०२३ साल तपाईका लागि मिश्रित रहनेछ। वर्षको प्रारम्भमा कुम्भ राशिका व्यक्तिहरूले जीवनसाथीसँग रोमान्टिक पलहरू अनुभव गर्नेछन्। जनवरीदेखि मार्चको दोस्रो भागसम्मको समय तपाईको लागि निकै राम्रो रहनेछ। मार्चमा मंगल ग्रह पाँचौं भावमा प्रवेश गर्दा सम्बन्ध थप तनावपूर्ण हुनेछ। लडाई-झगडा र तनावको सामना गर्नुपर्ने हुन् सक्छ। दाम्पत्य जीवनमा दुःखको सामना गर्नु पर्नेछ। जुलाईदेखि अगस्टबीच वैवाहिक बन्धनमा बाँधिने अवसर प्राप्त हुन् सक्छ।

स्वास्थ्य

सन् २०२३ मा कुम्भ राशिका व्यक्तिहरुले स्वास्थ्यसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेछ। वर्षको प्रारम्भमा शनि १२ औं भावमा रहने हुँदा यसले स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ। यद्यपि १७ जुनमा सूर्य मार्गी भएपछि तपाईले राहत पाउनुहुनेछ। त्यसपछि मे र अगस्टको बीचमा बृहस्पति-राहुको संयोगले बन्ने गुरु-चण्डाल दोषले शारीरिक पीडा दिन सक्छ।

प्रकाशित : शुक्रबार, पुष ०१, २०७९१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुस ८ गते सम्म सबै भन्दा बढी कसलाई शुभ, हेर्नुहोस् साप्ताहिक राशिफल !