काठमाडौँ : सन् २०२३ तुला राशिका जातकको लागि निकै शुभ रहनेछ। तपाईको लग्नमा केतु र सप्तम भावमा राहु र चन्द्रमा बसेका छन्। कुण्डलीको चौथो भावमा शनि-शुक्रको योग बनिरहेको छ। छैठौँ भावमा गुरुदेव बृहस्पति विराजमान छ। तपाईको धन भावमा सूर्य-बुधको बुधादित्य योग बन्दैछ। जबकि मङ्गल तपाईको अष्टम भावमा रहनेछ। तुला राशिका लागि ग्रहहरूको यस्तो स्थिति समग्रमा राम्रो रहनेछ।
आर्थिक स्थिति
सन् २०२३ ले तपाईको लागि धेरै उतारचढाव ल्याउनेछ। यद्यपि समग्रमा तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ। आयका श्रोत बढ्नेछन्। आर्थिक रुपमा राम्रो अवसर मिल्नेछ। आफूमा विश्वास राख्दा सबै काम पुरा हुनेछन्। आफ्नो क्षमतालाई पटक्कै बेवास्ता नगर्नुहोस्। यो वर्ष वादविवादमा पर्दा तपाईको आर्थिक अवस्थामा केही गडबड आउन सक्छ। अड्डा-अदालतको मुद्दा-मामिलाहरुबाट टाढै रहनुहोस्।
काम-व्यवसाय
तुला राशिका व्यक्तिहरू जो साझेदारीमा व्यापार गरिरहेका छन्, उनीहरूका लागि समय अलि कठिन रहनेछ। व्यापार साझेदारसँग मनमुटाव हुने सम्भावना छ। आफ्नो व्यवसायिक साझेदारलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्, अन्यथा धोका हुन सक्छ। यो वर्ष तपाईंले आफ्नो कडा परिश्रमको अपेक्षाकृत नतिजा हासिल गर्नसक्नुहुनेछैन। यो समयमा कुनै पनि ठूलो लगानी नगर्नुहोस्। यद्यपि अप्रिलपछि तपाईले आफ्नो मेहनतको राम्रो फल पाउनुहुनेछ। त्यसपछि काम–व्यवसाय सबै राम्रै चल्नेछ।
परिवार
पारिवारिक दृष्टिकोणबाट हेर्ने हो भने नयाँ वर्ष २०२३ ले तपाईको लागि धेरै शुभ फल ल्याउनेछ। योग कारक शनि आफ्नो मित्र शुक्रसँग चौथो भावमा विराजमान छ। चौथो भावमा यी दुईको योगले तपाईको लागि शुभ फल दिनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। तपाईको राशिमा नयाँ घर खरिदको योग पनि बन्दैछ। लामो समयदेखि परिवारबाट टाढा रहेकाहरूले आफ्नो परिवारका सदस्यहरूसँग गुणस्तरीय समय बिताउने मौका पाउनेछन्। दाजुभाइ तथा दिदीबहिनीको पूर्ण सहयोग रहनेछ ।
प्रेम जीवन
सन् २०२३ मा तपाईको प्रेम जीवन धेरै राम्रो रहनेछ। सम्बन्ध निभाउनको लागि तपाईले भरपूर प्रयास गर्नुहुनेछ। यदि तपाई कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भने छिट्टै तपाईको विवाह हुन् सक्छ। तपाईको व्यवहारबाट तपाईको पार्टनर खुशी हुनेछन्। पार्टनरसँग गुणस्तरीय समय बित्नेछ।
स्वास्थ्य
स्वास्थ्यको हिसाबले तपाईको लागि ग्रहको स्थिति खासै राम्रो मानिदैन। छैठौं भावको गुरु, सप्तम भावको राहु र चन्द्रमा र अष्टम भावको मङ्गलले केही समस्या बढाउन सक्छ। नयाँ वर्षमा तपाईलाई कलेजो र पाचन सम्बन्धी समस्या आउन सक्छ। त्यसकारण तपाईंले आफ्नो दैनिक दिनचर्या र खानपानमा विशेष ध्यान दिनुपर्छ। विशेष गरी जनवरीदेखि अप्रिलसम्म तपाईलाई धेरै सावधान रहन सल्लाह दिइन्छ।