अहिले सामाजिक सञ्जालमा पछिल्लो समयको चर्चित गायक निशान भट्टराई र उनको श्रीमती मोडल ऋचा न्यौपानेको सम्बन्धको चर्चा बढेको छ । अहिले यी दुवैले सामाजिक सञ्जाललबाट एक अर्को तस्बिर हटाएका छन् । यस भन्दा पहिले पनि वर्षा राउतले उनको श्रीमान् सन्जोग कोइरालाको तस्बिर हटाउँदा उनीहरुको सम्बन्धको निकै चर्चा भएको थियो । पछि अभिनेत्री वर्षाले केही रिसमा तस्बिर हराएको तर सम्बन्धमा त्यस्तो केही नभएको बताएकी थिइन् ।
अहिले निशान भट्टराईको श्रीमती तथा मोडल ऋचा न्यौपाने दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गर्नुको साथै एकअर्कासँगको तस्बिर समेत डिलिट गरेका छन्।
निशान भट्टराई नेपाल आइडल सिजन एकमा फस्ट रनरअप बन्न सफल भएका थिए। त्यस यता उनको गायनको निकै चर्चा हुने गरेको छ । भने ऋचा एक मोडल हुन् र मिस काभ्रे हुन सफल भएकी थिइन् ।
अहिले सामाजिक सञ्जालबाट एक अर्कोलाई अनफलो गर्नु साथै विवाहको तस्बिर समेत हटाउँदा उनीहरुको सम्बन्धमा फाटो आएको हो कि भन्ने मानिसहरुले अनुमान लगाउन लागेका छन् । अहिले उनीहरुको विवाह भएको दुई वर्ष मात्र भएको छ ।