आज मङ्सिर २९ गते बिहिबार: शुभ-अशुभ कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आफ्नो राशिफल !

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

दिन आनन्दमय हुनेछ । वित्तीय योजनाहरु सफल हुनेछन्। व्यावसायिक क्षेत्रमा काम गर्न सक्षम हुनुहुनेछ। धेरै मानिसहरुसँग भेट हुने समय रहेको छ। बौद्धिक कार्यमा रुचि बढ्नेछ। छोटो यात्राको सम्भावना रहेको छ। शारीरिक तथा मानसिक रुपमा स्फूर्ति अनुभव गर्नु हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बोलीको मधुरताको कारण मानिसहरुलाई प्रभावित पर्न सकिनेछ। बैठक तथा छलफलमा आफ्नो प्रभुत्व जमाउन सकिने छ। परिश्रम अनुसारको फल मिल्नाले काममा जोश जाँगर बढ्ने छ। पाचन सम्बन्धि समस्याले सताउन सक्छ। त्यसैले सम्भवत: घरको खाना खानु होला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मन स्थिर हुने छैन। मनमा दुबिधा बढ्ने छ। अधिक भावुकताको कारण मन अस्वस्थ हुनेछ। आमासँग बढी लगाव हुनेछ। बौद्धिकताको प्रशंसा हुनेछ। परिवार र अचल सम्पतिको चर्चा हुनेछ। लेनदेनबाट टाढै रहनु होला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

भाइबाट लाभ हुनेछ। साथिभाइसँगको भेटले मन प्रसन्न हुनेछ। कतै सुन्दर स्थलको भ्रमण हुनेछ। गरेका कार्यमा सफलता मिल्ने छ। प्रतिस्पर्धीसँग विजयी भइने छ। सम्बन्धमा भावनात्मकलाई महत्व दिँदा सम्बन्ध सुखद हुनेछ। भाग्य वृद्धिको योग रहेको छ। सामाजिक र आर्थिक रूपमा सम्मान पाउनुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

योजनामा अधिक विचार पैदा हुँदा काममा दुविधा उत्पन्न हुनेछ। परिवारमा राम्रो वातारवारण हुने हुँदा मन खुशी हुनेछ। टाढाको साथीसँगको सम्बन्धमा मधुरता छाउने छ। निर्धारित समयमा सोचेअनुसारको काम सम्पन्न हुनेछ। दिन मध्यम रहने छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिन धेरै राम्रो रहनेछ। शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा खुशी अनुभव गर्नु हुनेछ। देवी लक्ष्मीको कृपा रहनेछ। आफन्त तथा साथीभाइसँग राम्रो सम्बन्ध हुनेछ साथै समय रमाइलोमा बित्ने छ। रमाइलो यात्रा हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

रिसलाई नियन्त्रणमा राख्नुहोला। वाद विवादबाट टाढा रहनु होला। परिवारका सदस्यसँग विवाद हुने सम्भावाना रहेको हुँदा सचेत रहनु होला। स्वास्थ्यमा समस्या आउन सक्छ। विशेष गरेर आखाँको स्वास्थ्यमा बढी ध्यान दिनुहोला। मुद्धा मामिलामा सजग रहनुहोला। मान-हानि हुन सक्ने हुँदा विशेष ध्यान दिनुहोला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन तपाईको लागि लाभदायक र शुभ साबित हुनेछ। सांसारिक सुख पाउनुहुनेछ। विवाह इच्छुकको लागि विवाहको योग रहेको छ । व्यापार-व्यवसायमा विशेष लाभ हुनेछ। उच्च अधिकारीहरु तपाईको कामबाट खुसी हुनेछन्। साथीभाइसँग भेट हुनेछ र रमाइलो स्थलको भ्रमण हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आर्थिक मामिलामा विशेष योजना बनाउन सक्नु हुनेछ। अन्य मानिसलाई सहयोग गर्ने भावना आउने छ। काममा सफलता प्राप्त हुनेछ। व्यापार व्यवसायमा नयाँ योजना बन्नेछ। दिन आनन्दमय हुनेछ। व्यापारको लागि यात्राको सम्भावना रहेको छ। पदोन्नतीको साथै मान सम्मान बढ्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

दिन मध्यम फलदायी हुनेछ, तर बौद्धिक कामको लागि राम्रो समय रहेको छ । साहित्य तथा लेखन कार्यमा राम्रो भूमिका निभाउन सक्नु हुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेको छ। खानपानमा विशेष ध्यान दिनुहोला। आकस्मिक धन लाभको योग रहेको छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मनमा अनेक विचार आउने हुँदा नकारात्मक विचारबाट टाढा रहनुहोला। मानसिक थकान महसुस हुनेछ। रिस मात्र बढी हुनेछ। कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुहोला। सवारी साधानको उपभोग गर्दा विशेष सावधानी अपनाउनु होला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिन रमाइलोमा बित्नेछ। कलाकारहरुको लागि आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ। व्यापार व्यवसायमा साझेदारी गर्नको लागि राम्रो समय रहेको छ। साथी तथा आफन्तसँग रमाइलो यात्रा हुने हुँदा मनमा आनन्द हुनेछ। वैवाहिक जीवनमा निकटता र मिठास रहनेछ। समाजमा प्रतिष्ठा प्राप्त हुनेछ।

प्रकाशित : बुधबार, मङि्सर २८, २०७९१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नववर्ष २०२३ ले मिथुन राशिका जीवनमा खुशीको वहार ल्याउँला या कष्टकारी साबित होला ? हेर्नुस् वार्षिक राशिफल