बुद्धिमान, दूरदर्शी र खुल्ला विचारधाराका हुन्छन् कुम्भ राशिका व्यक्ति, जान्नुहोस् यिनका अन्य विशेषता

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार जब चन्द्रमा धनिष्ठाको आधा भाग, सम्पूर्ण शतभिषा र २/३ पूर्वाभाद्रबाट गुज्रिदा यी नक्षत्रमा जन्मिएका व्यक्तिहरु कुम्भ राशिका हुन्छन्। सबै १२ राशिहरुमध्ये कुम्भ ११ औँ राशि हो। कुम्भ राशिमा जन्मेका व्यक्तिहरू दृढ, आत्मविश्वासी र बुद्धिमान हुन्छन्। आउनुहोस्, जानौँ यिनका अन्य विशेषताहरु : –

कुम्भ राशिको स्वामी हुन् शनि देव

कुम्भ राशिको प्रतीक काँधमा घडा लिई खन्याउँदै गरेको पुरुष हुन्। यस राशिको स्वामी ग्रह शनि देव हुन्। त्यसैले कुम्भ राशिका मानिसहरुमाथि शनिदेवको विशेष कृपा हुन्छ। शनिको कारणले यस राशिका मानिसहरु दृढनिश्चय हुन्छन्।

न्यायप्रिय हुन्छन् कुम्भ राशिका व्यक्तिहरु

कुम्भ राशिका मानिसहरु कठोर स्वभावका हुन्छन् र यसै कारणले कुम्भ राशिका मानिसहरु न्यायप्रिय हुन्छन्। यस राशिका मानिसहरु आधुनिक विचाराधाराका, स्वतन्त्र र स्वतन्त्रता प्रेमी हुन्छन्। राम्रो स्वभाव र हंसमुख स्वभाव हुने कारण यी राशिका व्यक्तिहरु सामाजिक आकर्षणको केन्द्र बन्छन्। यिनीहरुको वैवाहिक जीवन अत्यन्तै सामान्य हुन्छ।

कुम्भ राशिको स्वभाव

ज्योतिषमा कुम्भ राशि बुद्धि, सहजता र स्वतन्त्रताको प्रतीक हो। यस राशिमा जन्मेका व्यक्तिहरु विद्रोही र विलक्षण प्रतिभाका हुन्छन्। मानिसहरु समाज भन्दा फरक सोच्छन् र यसै कारणले उनीहरुमा रचनात्मकता जन्मजात पाइन्छ। यी व्यक्तिहरु निकै भावुक हुन्छन्, तर पनि उनीहरु आफ्नो वास्तविक भावना लुकाउन माहिर हुन्छन्।

दयालुपन

अन्य सबै १२ राशिको तुलनामा कुम्भ राशिका व्यक्तिहरु सबैभन्दा दयालु स्वभावका हुन्छन्। उनीहरु अरुलाई मद्दत गर्न सधैँ तम्तयार रहन्छन्। उनीहरु भित्र मानवताका गुणहरु भरिएका हुन्छन्। मानवताको सेवा गर्दा उनीहरुलाई आनन्द महसुस हुन्छ।

कुम्भ राशिको लागि शुभ-अशुभ रङ्ग

कुम्भ राशिका जातकको भाग्योदय २५ वर्ष, २८ वर्ष, ३६ वर्ष एवं ४२ वर्षको उमेरमा हुन्छ। निलो रङ उनीहरुका लागि शुभ मानिन्छ। यसबाहेक निलोजस्तै वैजनी र आकाशे निलो रङ्ग पनि कुम्भ राशिका लागि शुभ हुन्छ। ज्योतिष शास्त्र अनुसार कुम्भ राशिका लागि सेतो रङ्ग पनि शुभ मानिन्छ। यसले उनीहरूको मनोबल बढाउँछ।

प्रकाशित : सोमबार, मङि्सर २६, २०७९१४:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको दशा चलेको समयमा भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अन्यथा हुनेछ अनर्थ