काठमाडौँ : नववर्ष सन् २०२३ सुरु हुन् अब लगभग ३ हप्ताभन्दा कम समय बाँकी छ। तर अहिलेदेखि नै अर्को वर्षको भविष्यवाणी भाइरल हुन् थालेको छ, जसले धेरै मानिसहरुको मनमा डर पैदा गरेको छ। यो वर्षको तुलनामा आगामी वर्ष थप कठिन हुने विश्वास गरिएको छ। हरेक वर्षझैँ यो वर्ष पनि चर्चित ज्योतिषविद्हरुले आफ्नो भविष्यवाणी सार्वजनिक गरेका छन्। सन् २०२३ को भविष्यवाणी किन डरलाग्दो छ, आउनुहोस् जानौं।
वास्तवमा कोरोना महामारीले देश र विश्वको अवस्था नै परिवर्तन गरेको छ। महामारीका समस्या निमिट्यान्न पार्न नपाउँदै रुस र उक्रेनबीचको युद्धले अझ कठिन अवस्था सिर्जना गरेको छ। संसारभर अहिले प्राकृतिक प्रकोप, बाढी-पहिरो लगायतका विपद्को बीच बढ्दो महँगीले धेरै देशको आर्थिक अवस्था नाजुक बनाएको छ। धेरै देशमा दङ्गा, जनआन्दोलन र राजनीतिक उथलपुथल चलिरहेका छन्, जसकारण आगामी दिनहरु झनै भयावह हुन सक्ने अनुमान गरिएको छ। यसै डरको बीच भविष्यवाणीहरू चर्चाको केन्द्रमा छन्।
चर्चित ज्योतिषविद्हरुका भविष्यवाणीमा सन् २०२३ मा तेस्रो विश्व युद्ध हुने दाबी गरिएको छ। धेरैजसो मानिसहरुले मङ्गल ग्रहमा पाइला राख्नेछन्। कुनै भव्य भवनमा आगलागी हुन् सक्छ। विश्वभर बाढीपहिरोका घटनाहरु बढ्नेछन्।
ज्योतिषाचार्यका अनुसार सन् २०२३ मा सबैभन्दा ठूला खगोलीय घटना हुनेछन् र पृथ्वीको कक्षमा बदलाव हुनेछ। यो घटनाले गम्भीर परिणाम ल्याउनेछ। सन् २०२३ मा नेपालमा भोकमरीको समस्या बढ्न सक्छ।
भयानक बाढीपहिरोपछि भोकमरी र भूकम्पले विनाश ल्याउनेछ। शनिको पुन: कुम्भ राशिमा आगमनले युद्धको स्थिति सिर्जना हुन् सक्छ। सन् २०१९ देखि सन् २०२८ बीच युग परिवर्तनको स्थिति बनेको छ। १७ जनवरी सन् २०२३ मा शनि पुन: कुम्भ राशिमा आउनेछ, जसले गर्दा धेरै देशहरुमा आपसी तनावको परिस्थिति सिर्जना भई युद्धको सुरुवात हुनेछ।