वास्तु टिप्सः घरको शयनकक्षमा राख्नुहोस् यस्ता विशेष तस्बिर, बढ्छ पति–पत्नीबीच प्रेम

सबैले आफ्नो जीवन र घरमा सुख शान्ति चाहन्छन्। यसका लागि मानिसले दिनरात मिहिनेत गर्छ तर वास्तुशास्त्र अनुसार केही यस्ता काम गरेन भने यो सबै मेहनत व्यर्थ जान्छ । घरमा सही वास्तु हुनु धेरै महत्त्वपूर्ण छ। कुन दिशामा कुन वस्तु राख्ने भन्ने कुरामा ध्यान दिनुपर्छ।

घरको वास्तु दोषले पनि पति-पत्नी बीचको दूरी बढाउन सक्छ। यदि तपाईं गलत दिशामा सुत्दै हुनुहुन्छ वा ओछ्यान गलत दिशामा राखिएको छ भने यसले वास्तु दोष निम्त्याउन सक्छ। पति-पत्नीबीचको सम्बन्धलाई मजबुत बनाउन शास्त्रमा केही उपायहरू उल्लेख गरिएको छ।

यदि तपाईं विवाहित हुनुहुन्छ र आफ्नो जीवनमा प्रेम माया बनाउन चाहनुहुन्छ भने, घरमा राधा कृष्णको तस्बिर राख्नुहोस्। वास्तु विज्ञानमा राधाकृष्णको तस्बिर्लाई निकै शुभ मानिन्छ । यसका साथै यसलाई प्रेमको प्रतीक पनि मानिन्छ । राधा कृष्णको तस्बिर राख्नाले धेरै प्रकारका वास्तु दोषहरू हट्छन्।

वास्तुशास्त्रका अनुसार शयनकक्षमा राधाकृष्णको तस्बिरमा राख्नाले पति-पत्नीबीचको प्रेम बढ्छ र दाम्पत्य सम्बन्धमा कलह हट्छ। यदि तपाईं अविवाहित महिला वा पुरुष हुनुहुन्छ भने यो उपायले तपाईंलाई माया गर्ने जीवनसाथी पाउन मद्दत गर्न सक्छ।

प्रकाशित : शुक्रबार, मङि्सर २३, २०७९१४:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरेक परिस्थितिमा सफलता दिलाउँछ सफला एकादशीले, यी हुन् पूजाको शुभ मुहूर्त-विधि !