अहिले सामाजिक सञ्जालमा कलाकार सलोन बस्नेतको विवाहको निकै चर्चा भइरहेको छ। अहिले रंगकर्मीहरु सलोन बस्नेत र करिश्मा केसीको एक झलक पाउन आतुर हुने गरेका छन् । साथै यी जोडीले अहिले सामाजिक सञ्जाललाई दिएको अन्तर्वार्तामा उनीहरुको व्यक्तिगतको जीवनको प्रश्नको ओइरी लागेको छ ।
गत आइतबार सलोन बस्नेत र करिश्माको अभिनय रहेको एक गीतको भिडियो सार्वजनिक गरिएको थियो । हितको बोल थियो ‘राजा रानी’, उक्त कार्यक्रममा सलोन बस्नेत र करिश्मा दुवै उपस्थित थिए । सार्वजनिक कार्यक्रममा सलोन र करिश्मालाई सञ्चारकर्मीबाट भावी सन्तानको योजनाबारे थुप्रै प्रश्नको गरिएको थियो।
त्यस क्रममा सञ्चारकर्मीको प्रश्नमा मसला थप्दै सलोनकी बहिनी सलिना बस्नेतले त आफूलाई चाडै नै फुपू बन्न मन लागेको बताएकी थिइन् । तर करिश्मा र सलोनले अहिले नै यस विषयमा कुनै योजना नभएको बताएका थिए । तर, सलोनले भने आफूलाई जुम्ल्याहा बच्चाको चाहना भएको समेत बताएका थिए ।
सञ्चारकर्मी सँगको संवादको क्रममा सालोनले रमाइलो शैलीमा भने–‘अब, मेरो एउटा इच्छा होला, करिश्माको अर्को होला । भोलि जन्मदा छोरा वा छोरी या जुम्ल्याहा कस्तो जन्मन्छ कसैलाई थाहा छैन ।’ त्यस क्रममा सलोनका बाबु शोभितले भने आफू नाति वा नातिनी भएपछि काम गर्न छाडेर स्याहारमा लाग्ने बताएका थिए ।
तस्बिर स्रोत: सलोन बस्नेत इन्स्टाग्राम