हिजाबविरोध प्रदर्शनमा रुढीबादी क्षेत्रका महिलाको पनि ऐक्यबद्धता !

एजेन्सी-इरानको रूढिवादी क्षेत्र सिस्तान–बलुचिस्तान प्रान्तका कालो पहिरन लगाएका महिलाहरूले देशमा जारी हिजाबविरोधी राष्ट्रव्यापी प्रदर्शनमा  एक्यबद्धता जनाएका छन् ।

सेप्टेम्बरको मध्यमा प्रहरी हिरासमा रहेकी २२ वर्षीया महसा अमिनीको तेहरानमा मृत्युपछि देशव्यापी प्रदर्शन हुँदै आएको छ । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि उनको हिरासतमै मृत्यु भएको थियो ।

अनलाइन पोस्ट गरिएको एउटा भिडियोमा महिलाहरूले “नारी, जीवन, स्वतन्त्रता“ लेखिएको ब्यानर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रकाशित : शनिबार, मङि्सर १७, २०७९१४:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि…