धार्मिक मान्यता अनुसार हरेक बार कुनै न कुनै भगवानको नाममा समर्पित हुने गर्दछ। शुक्रबारको दिन लक्ष्मीको पूजा गर्ने गरिन्छ । यस दिन माता लक्ष्मीलाई प्रसन्न पार्न र उनको आशीर्वाद प्राप्त गर्न अनेक उपाय अपनाउन सकिन्छ। यी उपायले आर्थिक सङ्कटबाट राहत दिन्छ । यस पोस्ट मार्फत हामी केही यस्ता उपायको बारेमा बताउने छौँ, जुन शुक्रबार राती गोप्य रुपमा गरिन्छ यस उपाय गर्नाले व्यक्ति सफलताको सिँढी चढ्न थाल्छ र धन सम्बन्धी सबै समस्याबाट मुक्ति मिल्छ।
मन्त्र जप
शुक्रबार राति विधिपूर्वक अष्टलक्ष्मीको पूजा गर्नुहोस् । लक्ष्मीको तस्बिर रर्हा मूर्ति आगाडी धूप बालेर गुलाबको फूल अर्पण गर्नुहोस्। यदि यो रातमा अष्टलक्ष्मीलाई रातो माला चढाइन्छ भने यो धेरै शुभ मानिन्छ। साथै ‘ऐन ह्रीं श्री अष्टलक्ष्मीये ह्रीं सिद्धये मम गृहे अगच्छगच्छ नमः स्वाहा’ मन्त्रको १०८ पटक जप गर्नुपर्छ।
भगवान विष्णुको पूजा
शुक्रबार राति गुलाबी रंगको कपडामा श्री यंत्र र माता अष्टलक्ष्मी स्थापना गर्नुहोस्। साथै लक्ष्मीलाई प्रसन्न गर्नका लागि शुक्रबार राति भगवान विष्णुको पनि पूजा गर्नुहोस् । साथै दक्षिणमुखी सङ्खमा पानी भरेर अभिषेक गर्नुपर्छ ।
तिलक
शुक्रबार राति माता अष्टलक्ष्मी र श्रीयंत्रलाई आठ सुगन्धको तिलक लगाउनुहोस्। यी उपाय गर्नाले आर्थिक समस्या हट्छ र मनग्य लाभ हुन्छ । जसका कारण सुतेको भाग्य जाग्छ र साथ दिन थाल्छ ।
