हिजो मङ्गलबारबाट सुरु भयो पञ्चक : यस ५ दिनको समयावधिमा भूलेर पनि नगर्नुस् यी कार्य

काठमाडौँ : यदि तपाई अहिले कुनै शुभ कार्य थालनी गर्ने सोचमा हुनुहुन्छ भने त्यो कामलाई हाललाई थाँती राख्नुहोला। किनकी मङ्सिर १३ गते मङ्गलबारबाट अग्निपञ्चक लागेको छ। ज्योतिषमा पञ्चकलाई अशुभ नक्ष मानिएको छ। यहीँ कारण पञ्चकमा कुनै शुभ कार्य गरिदैन्। हिन्दू पञ्चाङ्ग अनुसार प्रत्येक महिनाकोक कुल ५ दिन प्रदूषित हुन्छन् जसलाई पञ्चक भनिन्छ। आउनुहोस् जानौं मङ्सिर महिनामा कहिलेदेखि पञ्चक सुरु हुँदैछ र यस समयमा के गर्न हुँदैन ।

के हो अग्नि पञ्चक ?

धार्मिक शास्त्र अनुसार मङ्गलबार पञ्चक प्रारम्भ हुँदा त्यसलाई अग्निपञ्चक भनिन्छ। पञ्चाङमा करिब २७ वटा नक्षत्र हुन्छन् र ती मध्ये ५ नक्षत्रलाई अत्यन्त अशुभ मानिन्छ। जसमा धनिष्ठा, शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा र रेवती पर्छन्। जब चन्द्रमा कुम्भ र मीन राशिमा प्रवेश गर्छ तब यो चक्रलाई पञ्चक भनिन्छ र यो ५ दिनसम्म रहन्छ।

कहिले छ अग्नि पञ्चक ?

हिन्दू पञ्चाङ्ग अनुसार अग्नि पञ्चक मङ्सिर १३ गते मङ्गलबार बिहानदेखि सुरु भएको छ। पञ्चक ५ दिनसम्म रहन्छ र त्यसैले आउँदो शनिबार साँझसम्म पञ्चक छ।

अग्नि पञ्चकमा नगर्नुहोस् यी काम : –

धार्मिक मान्यता अनुसार अग्निपञ्चकमा आगलागीको डर बढी हुने भएकाले यस अवधिमा अग्नि सम्बन्धी कार्य गर्दा लापरवाही गर्नुहुँदैन। यस अवधिमा निर्माण कार्यसँग सम्बन्धित औजार, मेसिनरी तथा मेसिन खरिद गर्नुहुँदैन ।

यसका साथै पञ्चकको समयमा दक्षिण दिशामा यात्रा गर्नु हुँदैन। दक्षिण दिशा यमराजको हुने विश्वास गरिन्छ, त्यसैले भुलेर पनि यस दिशामा जानुहुँदैन्।

अग्निपञ्चकमा मङ्गलसँगसम्बन्धित वस्तुको प्रयोग गर्दा सावधानी अपनाउनु होला। यस समयावधिमा रिसरागबाट टाढा रहनु नै लाभदायी हुनेछ किनकी यसकै कारण ठूलो हानि-नोक्सानी ब्होर्नुपर्नेछ।

प्रकाशित : बुधबार, मङि्सर १४, २०७९१२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो जीवनसाथीबाट समय मै टाढा रहनुहोस्, अन्यथा जीवन बरबाद हुनेछ- गरुण पुराण